अहिले सामाजिक सञ्जालमा भारतक दुई चर्चित अभिनेता र निर्देशको भेटको खबरले निकै चर्चा पाएको छ । हालै केही भारतीय संचार माध्यममा मुम्बईमा अल्लु अर्जुनले निर्देशक सञ्जय लीला भन्सालीलाई भेटेका खबर सार्वजनिक भइरहेको छ ।
साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनले आफ्नो फिल्म ‘पुष्पाः द राइज’ ले बक्स अफिसमा हंगामा मच्चाएका छन् । फिल्मलाई हिन्दी क्षेत्रका दर्शकले पनि राम्रै साथ दिएका छन्, जसका कारण फ्यानहरू अल्लु अर्जुनलाई बलिउड फिल्ममा पनि हेर्न चाहन्छन् । धेरै फ्यानले अभिनेतालाई हिन्दी फिल्ममा आउन आग्रह पनि गरेका छन् ।
वास्तवमा अल्लु अर्जुन हिजो राति मुम्बईमा सञ्जय लीला भन्सालीको अफिस पुगेका थिए । उनलाई देख्ने बित्तिकै पत्रकारले घेरा हालेका थिए । यस अवसरमा अल्लु अर्जुन एकदमै साधारण पोशाकमा देखिएका थिए । उनले कालो टि–सर्ट र प्यान्ट लगाएका थिए । तर उनी सधैँ जस्तै सुन्दर देखिन्थे। तर सञ्जय लीला भन्सालीको अफिसबाहिर अल्लु अर्जुनलाई देखेपछि यी दुईले कुनै प्रोजेक्टमा सँगै काम गर्ने अनुमान गरिएको छ ।
अल्लु अर्जुन यतिबेला आफ्नो फिल्म ‘पुष्पाः द राइज’ को सफलताको मजा लिइरहेका छन् । यो फिल्मले भारतमा मात्रै नभई विश्वभर ठूलै चर्चा पायो । अल्लु अर्जुनको यो फिल्ममा रश्मिका मण्डना देखिएकी थिइन् । यस फिल्मको कथासँगै गीत, संवाद र अभिनयका फिल्मको केही चाल पनि निकै चर्चामा आएका छन् ।