देवगुरु बृहस्पतिको राशि परिवर्तन : ३ राशिलाई बनाउँछ राजयोग, चम्काउनेछ भाग्य

काठमाडौँ : नवग्रहहरुमध्ये एक प्रमुख ग्रह बृहस्पति पनि हो। बृहस्पतिले देवताको गुरु यानि देवगुरुको उपाधि पनि पाएको छ। यहीँ कारण सप्ताहमा यिनको बारलाई बृहस्पतिवार/बिहीबार पनि भनिन्छ। ग्रहहरुको चालमा निरन्तर भईरहेको परिवर्तन बीच देवगुरु बृहस्पतिले राशि परिवर्तन गर्छ।

देवगुरुलाई शिक्षा, विवाह, धन, सन्तान र भक्ति आदिको कारक मानिन्छ। यदि कुनै जातकको कुण्डलीमा देवगुरुको स्थिति मजबूत छ भने उक्त जातकलाई देवगुरुले शिक्षित बनाउँछ। यसका साथै प्रतिष्ठित एवं उच्च पदमा आसिन गराउन सहयोग गर्छ।

ग्रहहरुको चाल परिवर्तनको बीच देवगुरु बृहस्पतिले गत वर्ष चैत २४ गते अर्थात् सन् २०२१ को अप्रिल ६ तारिखमा कुम्भ राशिमा प्रवेश गरेको थियो। यससँगै अब आउँदो चैत ३० गते अर्थात् अप्रिल १३ मा आफ्नो स्वराशि मीनमा गोचर गर्दैछ, जुन बि.सं. २०८० बैशाख ९ गतेसम्म(२२ अप्रिल सन् २०२३) सम्म रहनेछ।

देवगुरुको यो राशि परिवर्तनले तीन राशिमा राजयोग बनाउनेछ। यसका साथै कुण्डलीमा बृहस्पति बलवान भएका जातकलाई लाभ मिल्नेछ। जबकि दुर्बल, कमजोर र दुष्ट ग्रहहरुको नजर भएको जातकलाई भने दुष्प्रभाव पार्नेछ।

यी राशिमा रहनेछ विशेष प्रभाव 

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यो समयावधिमा तपाईको पेशामा परिवर्तन हुन् सक्छ। करियरको दृष्टिकोणले यो समय अनुकूल रहनेछ। जागिर गर्ने जातकलाई करियरमा विशेष लाभ मिल्नेछ। तपाईको मान-सम्मानमा वृद्धि हुनेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ। कार्यस्थलमा प्रगति हुनसक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यो अवधि सिंह राशिका जातकको लागि अनुकूल रहने सम्भावना छ। साझेदारीका काममा सफलता हासिल हुनेछ। आर्थिक स्थिति पहिले भन्दा राम्रो रहनेछ। मनग्यै धन आर्जन गर्नुहुनेछ। करियरमा तपाईलाई राम्रो लाभ हुने सम्भावना छ। कार्यस्थलमा तपाईले मान-सम्मान पाउनुहुनेछ। यात्राको योग रहेको छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यो अवधिमा तपाईको आर्थिक स्थिति राम्रो रहनेछ। आयमा वृद्धि हुने सम्भावना छ। वैदेशिक रोजगारीको सपना पूरा हुनेछ। यस अवधिमा धन सञ्चय गर्न सफल रहनुहुनेछ। पुरानो लगानीबाट मनग्य लाभ मिल्नेछ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८१६:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पतिलाई माया गर्ने महिलाले भुलेर पनि नगर्नुहोस् यस्ता काम, अन्यथा जीवन हुनेछ बर्बाद !