फाल्गुन २८ गतेदेखि चैत ४ गतेसम्मको साप्ताहिक राशिफल : • ज्योतिषाचार्य दामोदरनाथ लोहनी, • साताका चाड : – ३० गते आमलकी एकादशी व्रत । १ गते चैत सङ्क्रान्ति, गोविन्द द्वादशी, प्रदोष व्रत । ३ गते पूर्णिमा व्रत, राति भद्रान्तमा चीरदाह, पहाडी भेगमा होली । ४ गते मन्वादि, फागू पूर्णिमा, (होली पुन्हि) ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
स्वास्थ्यसम्बन्धी समस्याले सताउला । त्यसैले गर्नुपर्ने काममा विलम्ब हुन जाला । हातले समातेको इलमबाट जति प्राप्ति हुने हो, त्यति हुन सक्लाजस्तो छैन । परिवारमा समेत सानो सानो कुरामा मतभेद हुनसक्छ । बुधबारदेखि सुधार आउला।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
पूर्वाद्र्ध राम्रो खालको छ । आर्थिक स्थिति सप्रिएला । गरेका काम पनि सन्तोषजनक रूपबाट सम्पन्न हुन सक्छन् । सहयोग दिने मित्रको सङ्ख्या त्यति छैन । बरु उनीहरूकै लागि खर्च गर्नु पर्नेछ । शैक्षिक क्षेत्रमा सुधार हुनेछ । मनमा डर लागिरहला ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
पहिले भएका समस्या घटेर जानेछन् भने आर्थिक स्थिति पनि यो साता निकै सप्रन सक्छ । नयाँ काम हात पर्न सक्छ । व्यवसायबाट हाल मध्यम खाले लाभ देखिन्छ । पढाइमा कम र लेखाइमा बढी समय जाला।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
साताको सुरुमा खर्च बढ्न सक्छ । भोजभतेर एवं सांस्कृतिक पर्वलाई पूरा गर्नका लागि पनि खर्च गर्नुपर्ने बाध्यता पर्ला । मनमा शङ्का र डर पनि लागिरहनेछ । पढाइतिर भने अलिकति सुधार आउन लागेको छ । वाणीमा निकै ओज आउने समय देखिन्छ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सानो सानो कामले पनि बढी समय लेला । बाधा दिने निकै छन् भने मद्दत दिनेको सङ्ख्या कम मात्र छ । शिक्षाको क्षेत्रमा अलिकति बाधा आउने सङ्केत देखा पर्छ । नेतृत्व शक्ति फितलो भएर गएको छ । कूटनीतिक प्रतिभा पनि कमजोर छ ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
यात्राको सम्भावना छ । यो यात्रा व्यापार, व्यवसायसँग नै गाँसिएको हुनसक्छ । नातेदारबाट राम्रै सहयोग मिल्ला । आर्थिक स्थिति त्यति कमजोर छैन । यद्यपि खर्चको मात्रा भने बढी नै रहला । पढाइमा भएको बाधा क्रमशः हटेर जाने सङ्केत देखा पर्छ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
असल काम गर्नतिर मन जाला । गरेका काम सफल हुनेछन् । मुद्दामामिलामा तपाईंकै विजय हुनेछ । यद्यपि बाधा दिनेहरूको सङ्ख्या पनि कम छैन । गणेशको आराधनाले ती कठिनाइ हटाउन सजिलो हुनेछ । नातेदारको माया पनि पाइरहनु होला ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
सुरुको दिन त्यति राम्रो छैन । त्यसैले शनिबारको दिनमा ठूलो रकमको लेनदेन नगर्नुहोस् र स्वास्थ्यका लागि पनि विशेष सतर्क हुनुहोस् । आइतबारको दिन राम्रो छ । यो सातामा धार्मिक काम हुनसक्छ । पढाइको क्षेत्रमा भएको बाधा क्रमशः हटेर जाला ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
साताको मध्य भाग त्यति राम्रो छैन। स्वास्थ्यसम्बन्धी समस्या पर्नुका साथै आर्थिक स्थितिमा समेत डामाडोल आउन सक्छ । पढाइमा स्थिरता त्यति देखिन्न । सानो काम पूरा गर्नसमेत विलम्ब होला । जागिरको काममा समेत अनेकौँ अप्ठेरा आउनेछन्
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
सूर्यको स्थिति राम्रो भएर पनि चन्द्रबल कमजोर हुनाले यो साता अनेकौँ बाधाको सामना गर्नु पर्नेछ । विवाहसम्बन्धी कुरामा छिनोफानो होला । व्यापारसम्बन्धी कामबाट पनि त्यति हानि देखिन्न । शिवजीको आराधना गरिरहनुहोस्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
खर्च असाध्यै होला । पैसाको सञ्चय हुन गाह्रो छ । त्यसैले मनमा डर लागिरहला । व्यापारतिर लाग्नुभएको छ भने बढी लाभको आशा नगर्नुहोस् । बेकारको यात्राले पनि खर्च गराइरहला । शिक्षाको क्षेत्रमा मध्यम समय छ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
साताको सुरुमा स्वास्थ्य बिग्रन सक्छ । आइतबारदेखि त्यसमा सुधार होला र गरेका काम क्रमशः बनेर जानेछन् । मनमा भय रहिरहला । पढाइमा भने राम्रो प्रगति होला । आन्तरिकभन्दा बाह्य व्यापारले फाइदा दिनेछ । मित्रको सहयोग पाइरहनु होला ।