यो वर्ष होली पर्व चैत्र ३ गते परेको छ। यो पर्व वसन्त ऋतुलाई स्वागत गर्न मनाइन्छ। रंगवाली होलीको एक दिन अगाडि होलिका दहन गर्ने चलन छ। राधा-कृष्णको प्रेमको सम्झनामा रंगवाली होली पनि मनाइन्छ। भगवान कृष्णको सहर मथुरा र वृन्दावनमा होली १५ दिनसम्म मनाइन्छ। जान्नुहोस् कुन राशिको जीवनमा यो होलीले खुशीको रंग भर्नेछ।
वृष राशि
यो राशिका मानिसहरुका लागि यो होली निकै विशेष रहनेछ। तपाईंको भाग्य चम्किने सम्भावना छ। होलीअघि नै सूर्यको राशि परिवर्तन हुनेछ। जसको कारण तपाईंको राशिमा निकै शुभ प्रभाव पर्नेछ। होलीपछि तपाईंको भाग्य बदलिनेछ। हरेक क्षेत्रमा स्वर्णिम सफलता मिल्ने सम्भावना छ।
मिथुन राशि
यो होली तपाईंको लागि खुसीले भरिपूर्ण साबित हुनेछ। हरेक काममा सफलता मिल्ने सम्भावना छ। होलीले तपाईंको जीवनमा सकारात्मकता ल्याउनेछ। हरेक क्षेत्रमा सफलता मिल्नेछ। यस अवधिमा लाभको प्रशस्त अवसर मिल्नेछ।
कर्कट राशि
यो होली यो राशिका मानिसहरुका लागि पनि खुसीले भरिपूर्ण साबित हुनेछ। तपाईंको प्रेम जीवन होस् वा करियर जीवन, जताततै सफलता प्राप्त गर्ने मौका हुनेछ। कार्यस्थलमा तपाईंको छवि बलियो हुनेछ। केही ठूला उपलब्धि हात पार्ने सम्भावना रहनेछ।
मकर राशि
होलीको कारण तपाईंको आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुनेछ। एकभन्दा बढी माध्यमबाट पैसा कमाउन सफल हुनुहुनेछ। यस समयमा धन आर्जनका साथसाथै बचतमा पनि विशेष ध्यान दिनुहुनेछ। कार्यस्थलमा तपाईंको कामको धेरै प्रशंसा हुनेछ।