अभिनेता शाहलाई वयानका लागि सरकारी वकिलको कार्यालय लगियो !

केही दिन देखि नाबालिग बला:-त्कार गरेको आरोपमा नायक पल शाह पुलिस हिरासतमा छन् । बुधबार अभिनेता शाहलाई अहिले वयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ । मंगलबार पललाई तनहुँ प्रहरी कार्यालयबाट नवलपरासीको गैँडाकोट लागिएको थियो । त्यस्तै अभिनेतालाई आज बिहान नवलपरासी स्थित कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

अभिनेता पल शाह फागुन ११ गते तनहुँ प्रहरी कार्यालयमा आत्मासमपर्ण गरेका थिए । अनुसन्धानका लागि सुरुमा ७ दिन र पछि १२ दिनको म्याद थापा गरेर अहिले प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । पिडित किशोरीले सुरुमा फोन ११ गते तनहुँ प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि पुन: फागनु १६ गते किशोरीले इलाका प्रहरी कार्यालय, गैंडाकोटबाट पनि शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

पिडित बालिकाले दिएको जाहेरी अनुसार गीत सुटिङको क्रममा २०७६ चैत ७ गते गैँडाकोट गएको समयमा त्यहाँको एक रिसोर्टमा अभिनेता शाहले उनलाई बलात्कार गरेको पीडित बालिकाले दिएको किटानी जाहेरीमा उल्लेख छ ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८१६:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टिकटक स्टार उषा कपडा माथि-माथि सरेर देखिइन् यस्तो रुपमा, नजर हटाउन सकेनन् फ्यानले !