एजेन्सी- बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो अभिनयको जादुले विश्वभरका दर्शको मन जितेकी छिन् । यस्तो अवस्थामा उनलाई यस्तो फिल्मको अफर आएको छ, जसको चर्चा अहिले निकै भएको छ । यसै बीच अहिले खबर अनुसार आलिया चाँडै हलिउड फिल्ममा पनि देखिने भएकी छिन् ।
बलिउड अभिनेत्री आलिया भट्ट अभिनित हालै रिलिज भएको फिल्म ‘गंगुबाई काठियावाडी’को निकै चर्चा बटुलिरहेको छ । अहिले कतिपयले फिल्मको आलोचना पनि गरेका छन् भने कतिले अभिनेत्री आलियाको अभिनयको तारिफा गरिरहेका छन । तर यी सबैको बिचमा अब आलियालाई एउटा ठूलो अफर आएको छ । अभिनेत्री अब चाडै नै हलिउड डेब्यूको लागि पनि पूर्ण तयारी रहेकी छिन् ।
वास्तवमा, आलिया चाँडै नै चर्चित हलिउड अभिनेत्री गैल गैडोटवको साथमा देखिने भएकी छिन् । अभिनेत्री आलियाले स्पाइ थ्रिलर ‘हार्ट अफ स्टोन’का लागि साइन गरेकी हुन् ।
अभिनेत्रीले नेटफ्लिक्सको अर्को स्पाइ थ्रिलर ‘हार्ट अफ स्टोन’का लागि साइन गरेकी छिन् ।
यस फिल्ममा अभिनेता जेमी डोर्नन पनि मुख्य भूमिकामा देखिनेछन् । यस खबरसँगै अभिनेत्री निकै खुसी भएकी छिन् ।
आलियाको वर्क:-फ्रन्टको कुरा गर्दा अहिले उनको धेरै फिल्म रिलिजको लाइनमा छन् । लामो समयदेखि उनी अयान मुखर्जीको आगामी फिल्म ‘ब्रह्मास्त्र’ लाई लिएर चर्चामा छिन् । यसबाहेक उनी ‘डार्लिं:-ग्स’, ‘आरआरआर’, ‘रकी और रानी की प्रेम कहानी’ र ‘जी ले जरा’ जस्ता फिल्ममा पनि देखिनेछन् ।