अन्य कलाकारले जस्तै कलाकार दीपक राज गिरीले पनि होजो परेको नारी दिवसको सामाजिक सञ्जाल मार्फत शुभ कामना दिएका थिए । कलाकार दीपक सामाजिक सञ्जालमा राजनीतिक होस् या अन्य कुनै विषयमा आफ्नो धरान राख्ने गर्दछन् । अहिलेको समयमा सामाजिक सञ्जालमा राजनीतिक भन्दा पनि नारी दिवशको अवसरमा निकै फरक शैलीमा शुभ कामना दिएका छन् ।
अहिले कलाकार दीपकलाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । उनी राजनीति होस् या समय सामायिक विभिन्न विषयमा आफ्नो धारणा राख्दै आएका छन् । अहिले कलाकार दीपकले नारी दिवसको अवसरमा सम्पूर्ण नारीलाई शुभ कामना दिएका छन् । दीपक देख्छन् नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित होस । जसको कारण नारीको सम्मान हुन् सक्छ र यही उपायले नारी हिंसा अन्त्य गर्न सकिन्छ ।
यस प्रकार छ कलाकार दीपाकले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्ट
नारीले (No) भनेपछि (No) नै बुझ्ने संस्कार स्थापित होस !त्यहि नै हो उ प्रतिको सम्मान र त्यहि नै हो नारी हिंसा कम गर्ने उपाए
– जय नारी दिबस