काठमाडौँ : बुध र सूर्यको मिलनबाट बुद्धादित्य योग बन्छ। ज्योतिष शास्त्र अनुसार यो योग निकै शुभ मानिन्छ। सूर्य ग्रह गरिमा, स्वाभिमान र करियरको प्रतीक हो। अर्कोतर्फ, बुध ग्रहले बुद्धि, स्मृति र सिक्ने क्षमताको प्रतिनिधित्व गर्दछ।
यस्तो अवस्थामा मीन राशीमा यी दुई ग्रहको संयोजनले प्रायः सबै राशिका मानिसहरूमा सकारात्मक प्रभाव पार्छ। जसमध्ये ४ राशिका लागि यो संयोग सबैभन्दा शुभ साबित हुनेछ। १५ मार्चमा सूर्य मीन राशिमा प्रवेश गर्नेछ र २४ मार्चमा बुध यस राशिमा प्रवेश गर्नेछ। यो संयोजन मार्च २४ मा बन्नेछ।
वृष राशि
यो राशिका मानिसहरुका लागि यो योग शुभ रहनेछ। हरेक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। आर्थिक अवस्था राम्रो रहनेछ। तपाईंको नेतृत्व क्षमता बढ्नेछ। केही शुभ समाचार सुन्न पाइनेछ। यस अवधिको पूरा फाइदा उठाउने प्रयास गर्नुहुनेछ।
मिथुन राशि
सूर्य र बुधको संयोगले तपाईंमा धेरै सकारात्मक प्रभाव पर्नेछ। हरेक क्षेत्रमा सफलताको आशा रहनेछ। तपाईंको कामको सर्वत्र प्रशंसा हुनेछ। व्यापार व्यवसायमा उत्कृष्ट नतिजा हात लाग्नेछ। तलबमा राम्रो वृद्धिको सम्भावना छ।
कर्कट राशि
यस अवधिमा भाग्यको पूर्ण साथ मिल्नेछ। सन्तानको अध्ययनमा सफलता मिल्नेछ। कामदारको तलब बढ्ने सम्भावना छ। व्यापार व्यवसायीले पनि यस अवधिमा पूर्ण लाभ प्राप्त गर्नेछन्।
वृश्चिक राशि
विद्यार्थीहरूका लागि यो समय निकै लाभदायी साबित हुनेछ। करियरमा सुनौलो सफलता मिल्ने सम्भावना छ। नयाँ कामको थालनी गर्न सकिनेछ। यस अवधिमा नयाँ योजनाबाट राम्रो लाभ मिल्ने देखिन्छ। यात्राबाट पनि धन आर्जन गर्न सकिनेछ।