पल शाह प्रकरण: गायक दुर्गेश र सम्राटले प्रहरी समक्ष दिए बयान

काठमाडौँ- बला:-त्कारको आरोप लागेर जिल्ला प्रहरी तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको प्रकरणमा गायक दुर्गेश थापा पनि मुछिएका थिए । केही दिन पहिले सार्वजनिक एक अडियो क्लिपमा गायक दुर्गेश थापाको आवाज पनि रहेकोमा अहिले अनुसन्धानको क्रममा दमौलीस्थित जिल्ला प्रहरी कार्यालयले बयान लिएको छ ।

दुर्गेश सँगै यसै समूहका सम्राट चौलागाईले पनि आफ्नो बयान दिएका छन् । अहिले दुर्गेश र सम्राट दुवै जना विरुद्धमा नाबालिकालाई उकासेको र षड्य:न्त्र गरेको आरोप लाग्दै आएको छ । जब दुर्गेश र सम्राट बयानको लागि प्रहरी कार्यालय पुग्दा अभिनेता पलको समर्थक उनीहरु विरुद्धमा नारा बाजी गरेका थिए ।

पीडित बालिकाले फागुन ११ गते बुधबार अभिनेता पल शाहको विरुद्धमा जब-र्जस्तिको उजुरी दिएकी हुन् । उजुरी परेपछि फरार रहेका अभिनेता पल शाह फागुन १५ गते मात्र प्रहरीमा आत्मसमर्पण गरेका थिए । अहिले फागुन १३ गतेबाट पूजा र पल अभिनेता चलचित्र ‘म यस्तो गीत गाउँछु २’ नेपाल भर लागि रहेको छ ।

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८१६:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गायक आदित्य नारायण बने बाबु, विवाहको तस्बिर सार्वजनिक गर्दै दिए यस्तो सन्देश !