चलचित्र ‘लप्पनछप्पन २’ टिजरमा सौगात मल्लले पाएको सुपरस्टारको ट्यागमा, अभिनेता शिवको आनाकानी !

काठमाडौँ: लामो समय देखि प्रतिक्षामा रहेको चर्चित चलचित्र ‘लप्पनछप्पन २’ सुक्रबारबाट प्रदर्शनमा आएको छ । साथै यस चलचित्रको पहिलो सिरिजमा मुख्य भूमिकामा देखिएका अभिनेता सौगात मल्ललाई अहिले चलचित्र ‘लप्पनछप्पन २’ को टिजरमा सुपरस्टारको ट्याग दिएको छ ।

अहिलेको समयमा अभिनेता सौगातको मल्लको अभिनयलाई दर्शकले निकै रुचाउने गरेका छन् । अभिनेता सौगातले अहिलेसम्म थुप्रै सफल चलचित्रमा अभिनय गरिसकेका छन् । यस चलचित्रमा नायक सौगात मल्ल, शिव श्रेष्ठ, अनुप विक्रम शाही र अर्पण थापा लगाएको अभिनय रहेको छ । अभिनेता शिव श्रेष्ठ केही समय नेपाली चलचित्र क्षेत्रबाट टाढा रहे पनि पछिल्लो समय निकै सक्रिय भएका छन् ।

अभिनेता शिव श्रेष्ठ नेपाली चलचित्र क्षेत्रमा करिब ४ दशक देखि रहेका छन् । भने कुनै समयमा अभिनेता शिव श्रेष्ठले नेपाली चलचित्र मात्र नभई पाकिस्तानी चलचित्रमा पनि उनले अधिन जमाएका थिए । अभिनेता शिव पछिल्लो समयमा सामाजिक सञ्जाल ट्रोल पनि हुने गरेका छन् । केही समय पहिले महानायकको विषयलाई लिएर अभिनेता भुवन केसी र शिव श्रेष्ठले राखेको धारणा निकै भाइरल भएको थियो ।

अहिले पनि केही दिन पहिले चलचित्र ‘लप्पनछप्पन २’ टिजर सार्वजनिक पत्रकारकार सम्मेलन कार्यक्रममा अभिनेता शिव श्रेष्ठले पत्रकारसँग बोल्ने क्रममा ‘उनको आगामी चलचित्र ‘लप्पनछप्पन २’ काम गरेका सबै कलाकार सुपर स्टार भए  पनि उनी भने अझै कलाकार मात्र रहेको र अझै केही सिक्न बाकि रहेको बताएका थिए ।

अहिले सामाजिक सञ्जालमा अभिनेता शिवको यस्तो धारणाले चलचित्र टिमको केही निर्णय प्रति अभिनेता केही असन्तुष्ट रहेको जस्तो देखिन्छ । चलचित्र ‘लप्पनछप्पन २’ को कुरा गर्दा यस चलचित्रमा अभिनय गर्ने अन्य कलाकार भन्दा अभिनेता शिव झन्डै एक दशक आगाडी देखि अभिनय क्षेत्रमा छन् । जसको कारण अभिनाताको यस्तो भनाइले चलचित्र टिमले अभिनेता सौगात मल्ललाई दिएको सुपर स्टारको ट्याग अभिनेता शिवलाई चित्त नबुझेको हो भन्ने बुझ्न सकिन्छ ।

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चलचित्र चलाउने चक्करमा बला-त्कारको अर्थ बुझ्न सकिनन् अभिनेत्री पूजाले