होलिको १ हप्ता अगाडीदेखि भुलेर पनि नगर्नुस् यस्ता काम, हुनेछ हानि-नोक्सानी

काठमाडौँ : रङ्गहरुको पर्वको रुपमा परिचित होली देशभर हर्षाेल्लासका साथ मनाइन्छ। पहाडी जिल्लामा फागुपूर्णिमाका दिन होली खेलेर होलीका दहन गरी पर्व सम्पन्न गर्छन् भने तराईका जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् बेलुकीको समयमा होलीका दहन गरी अर्को बिहान होली पर्व मनाउने गरिएको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‌भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

यो वर्ष चैत्र ३ गते होलीका दहन हुनेछ र चैत्र ४ गते तराईमा होली पर्व मनाइन्छ। यद्यपि पहाडी एवं हिमाली भेगमा भने चैत्र ३ गते नै होलि मनाइन्छ। यसअघि फागुन २६ गतेदेखि चैत्र ३ गतेसम्म होलाष्टक रहनेछ। यी ८ दिनको होलाष्‍टकको समयावधिमा केही काम गर्न निषेध गरिएको छ।

फाल्गुन शुक्ल पक्षको अष्टमीदेखि होलिका दहनसम्मको समयलाई शास्त्रमा होलाष्टक भनिएको छ। होलाष्टक शब्द दुई शब्दको संयोजनबाट बनेको छ। होलि र आठ अर्थात् ८ दिनको पर्व। यो अवधि यस वर्ष फागुन २६ गतेदेखि चैत्र ३ गतेसम्म छ। यस होलाष्टकमा गृहप्रवेश, मुण्डन संस्कार, विवाह सम्बन्धी कुराकानी, मगनी-विवाह, कुनै नयाँ कामको सुरुवात, जग राख्ने, नयाँ सवारी साधन किन्ने, गरगहना खरिद गर्ने, नयाँ व्यवसाय आरम्भ गर्ने लगायतका शुभ माङ्गलिक कार्य गर्न हुँदैन्। यो समयावधिमा यस्तो काम गरे अशुभ फल मिल्छ।

मिथिलामा फागुन शुक्ल चतुर्दशीका दिन मध्यरातमा राक्षसी प्रवृत्तिकी होलिकाको प्रतिमा दहन गरेर पूर्णिमाका दिन त्यसको धुरा (खरानीको धुलो) उडाइएपछि भोलिपल्ट होली पर्व मनाउने परम्परा छ । मैथिल जनजिब्रोले ‘फगुवा’ पनि भन्ने गरिएको होली पर्व होलिका दहन भएर धुरा उडाइएसँगै मनाइन्छ।

होली पर्वको परम्परासँग कतिपय पौराणिक प्रसङ्ग गाँसिएका छन् । त्रेतायुगमा विवाहपश्चात् फागुन शुक्लपक्षमा मिथिलाका विभिन्न क्षेत्रमा बिहार गर्दै कञ्चनवन पुगेर मिथिलाबिहारी (श्रीराम) र जनकनन्दिनी किशोरीजी (सीताजी)ले फागुन शुक्ल सप्तमीका दिन एकापसमा रङ अबिर खेलेर वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरमा स्वजनसहित फागु खेलेका सम्झनामा होलीपर्व शुरु भएको मानिने एउटा मत छ । यद्यपि होलीपर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवान्को नाम जप्तै शान्त मुद्रामा रहेका विश्वाससँगै जोडिएको श्रीमद् भागवत कथा प्रसङ्गबाट नै राक्षसी प्रवृत्ति नास भएको खुशीयालीमा यो पर्व परम्परा शुुरु भएको लोकमान्यता छ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्त;_-न चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१५:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दैनिक माता लक्ष्मीको यी ३ मन्त्रले गर्नुहोस् जप, जीवनमा कहिले पनि हुने छैन धनको अभाव !