काठमाडौँ : आज महान् पर्व महाशिवरात्रिबाट सन् २०२२ को मार्च महिना सुरु हुँदैछ। मार्च महिनाको पहिलो दिन अनेकन् शुभ योग र दूर्लभ पञ्चग्रही योग पनि बन्दैछ। अत्यन्तै शुभ संयोगबाट सुरु भएको यो महिना ५ राशिका जातकको लागि शुभ साबित हुनेछ। मकर राशिमा ५ ग्रहहरुको मिलनले ५ राशिका जातकलाई अपार पैसा, सफलता र सुख दिनेछ। समग्रमा मार्च महिना यी राशिका लागि अत्यन्तै शुभ रहनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका व्यक्तिहरूका लागि पञ्चग्रही योगबाट सुरु हुने मार्च महिनाले करियरमा अत्याधिक लाभ दिनेछ। विशेषगरी व्यापारीहरूलाई ठूलो नाफा हुनेछ। जागिरेहरुलाई नयाँ कामको प्रस्ताव आउन सक्छ। पदोन्नति एवं तलब वृद्धिको प्रबल सम्भावना छ। प्रेम जीवन पनि राम्रो रहनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका व्यक्तिहरूलाई भाग्यले पूरा साथ दिनेछ। हरेक काममा सफलता मिल्नेछ। करियरमा ठूलो उपलब्धि हासिल गर्न सकिनेछ। पदोन्नति हुन सक्छ वा नयाँ काम फेला पर्न सक्छ। धन लाभ हुनेछ। लामो यात्रा हुन् सक्छ। घरपरिवारमा सुखद् माहोल रहनेछ। प्रेम जीवन पनि सुखद् रहनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तुला राशिका व्यक्तिहरुका जीवनमा भौतिक सुखसुविधा बढ्नेछ। धन लाभ हुनेछ। पदोन्नति-तलब वृद्धि हुन् सक्छ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। वर्षौँदेखि रोकिएका कामहरु पनि छिट्टै बन्नेछ। प्रेम जीवन र दाम्पत्य जीवन राम्रो रहनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका जातकको लागि मार्च महिलाले धेरै लाभ दिनेछ। सफलता मिल्नेछ। आय बढ्नेछ। तपाईको साहस र आत्मविश्वास बढ्नेछ। यसकारण तपाईले हरेक काम सजिलै पूरा गर्नुहुनेछ। पारिवारिक हिसाबले पनि समय राम्रो रहनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका जातकको लागि मार्च महिना लाभदायी रहनेछ। नयाँ सम्बन्धहरु बन्नेछन्, जुन सम्बन्ध करियर र कारोबारको मामिलामा धेरै उपयोगी हुनेछ। व्यापार-व्यवसाय बढ्नेछ। नयाँ काम पाउनुहुनेछ। आत्मविश्वास बढ्नेछ। घरमा माया-ममता पाउनुहुनेछ।