आज फागुन १७ गते मंगलबार देशभरका शिवभक्तहरूले महाशिवरात्रि पर्व मनाउँदै छन् । ब्रह्म मुहूर्तबाट रुद्राभिषेक र पूजाको समय सुरु भएको छ । महाशिवरात्रिलाई भगवान शिव प्रकट दिन पनि मानिन्छ, यस बाहेक भगवान शिव र माता पार्वतीको विवाह फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो।
हिन्दु धर्मको मान्यता अनुसार यस दिन पहिलो पटक भगवान विष्णु र ब्रह्माले शिवलिंगको पूजा गरेका थिए । त्यसयता महाशिवरात्रिमा भोलेनाथको पूजा–आराधना, अभिषेक गर्ने चलन चल्दै आएको छ । यसै दिन शिव-पार्वतीको विवाह भएको जनविश्वास पनि छ ।
महाशिवरात्रिमा बन्दै छ ६ शुभ योग
यस वर्षको महाशिवरात्रि ज्योतिष शास्त्रको दृष्टिले पनि निकै महत्वपूर्ण छ किनभने आज यस विशेष अवसरमा ६ वटा अति शुभ योग बनेको छ । महाशिवरात्रिमा शिवयोगका अलावा शंख, पर्वत, हर्ष, दीर्घायु र भाग्य नामको राजयोग पनि बन्ने गरेको छ । यस बाहेक मकर राशिमा पञ्चग्रही योग पनि बन्ने भएको छ । यस समय मकर राशिमा शनि, मंगल, बुध, शुक्र र चन्द्रमा सँगै रहनेछन्।
ज्योतिष शास्त्रका अनुसार पञ्चग्रही योगमा भगवान शिवको पूजा गर्नाले अन्य समय भन्दा धेरै गुणा बढी फल प्राप्त हुन्छ । समग्रमा आज धेरै विषयमा विशेष ग्रह योगहरू पनि बनेको छ ।
महाशिवरात्रिको पूजाका लागि शुभ समय
महाशिवरात्रिमा पूजाको लागि धेरै शुभ समय बिहान १२:०३ बजे देखि १२:५४ बजे सम्म हुनेछ। यसलाई अभिजित मुहूर्त भनिन्छ। यसपछि दिउँसो २:२२ बजेदेखि ०३:०८ बजेसम्म विजय मुहूर्त छ। यसपछि साँझ ५ः४८ देखि ६ः१२ बजेसम्म गोधुली मुहूर्त हुनेछ ।