२८ वर्षीय अभिनेत्री शिल्पा पोखरेलका लोभलाग्दा जवानीका तस्बिरहरु हेर्नुस्

काठमाडौँ : नेपाली चलचित्रमा भोजपुरी कलाकारको उपस्थिति कम छ । तर भोजपुरी चलचित्रमा चाहिँ नेपाली कलाकारको उपस्थिति बढी नै छ। भोजपुरीमा नेपाली कलाकारको भन्दा प्राविधिकको उपस्थिति बलियो छ ।

अभिनेत्री शिल्पा पोखरेलको ध्यान यतिबेला भोजपुरी चलचित्रतिर पुगेको छ। कोभिड सर्वमहामारीअघि ‘जय शम्भु’ बाट भोजपुरीमा पाइला चालेकी शिल्पाले त्यसपछि ‘प्रेमगीत २’ मा अभिनय गरिन् । यिनै शिल्पा अहिले दुईवटा भोजपुरी चलचित्र ‘निर हुआ चलल लन्दन २’ र ‘हनुमानकी गली’ मा अनुबन्धित भएकी छन्।

दुवै चलचित्रमा उनले भोजपुरी सुपरस्टार दिनेशलाल यादव निरहुआसँग रोमान्स गर्नेछिन् । चलचित्रमा भोजपुरी अभिनेत्री अम्रपाली दुबेको पनि अभिनय रहने छ । शिल्पाले भोजपुरी मिडियासँगको कुराकानीमा आफू भोजपुरी एउटा चलचित्रमा काम गर्न नआएको बताउँदै आफू स्थान बनाउन आएको जनाएकी छन्।

प्रकाशित : आइतबार, फागुन १५, २०७८२०:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :