अभिनेता पल शाह विरुद्ध अहिले नवलपुरकाे गैँडाकोटको एक होटलमा सुटिङको क्रममा गएको समयमा बलात्कार गरेको आरोपमा नवलपुरकाे गैँडाकोटको बाट पनि गायिका समीक्षाले अभिनेता शाह विरुद्ध उजुरी दिएकी छिन् ।
नायक पल शाह विरुद्ध गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा फागुन ११ गते किटानी जाहेरी दिएकी थिइन् । पल विरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गइसकेको र आइतबार अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्म आत्मसर्पण गरेका छन् ।
यस अघि गण्डकी प्रहरीले नायक पललाई खोज्न सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय तनहुँले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार थियो । गायिका समीक्षाले प्रहरीमा दर्ता गराइएको जाहेरी अनुसार अभिनेता शाहले आफूलाई २०७७ चैत ७ गते गैँडाकोट आएको समयमा त्यस स्थानको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।