फागुन अमावस्याको दिन भुलेर पनि नगर्नुहोस् यस्ता काम, अन्यथा वर्षभर आउनेछ अनेक समस्या !

घर परिवारको शुख शान्तिको लागि फागुन अमावस्यामा व्रत बस्ने गरिन्छ । यस पटक फाल्गुन अमावस्या फागुन १८ गते बुधबार परेको छ । ज्योतिष शास्त्रका अनुसार यस पटक फाल्गुन अमावस्यामा शिव र सिद्धिको योग बनिरहेको छ । यी दुई विशेष योगमा गरिने पूजाले दोहोरो फल दिने विश्वास छ । यस दिन पितृहरूको आत्माको लागि तर्पण गरिन्छ। यस्तो अवस्थामा फाल्गुन अमावस्याको शुभ मुहूर्त के हो र यस दिन के गर्नु हुँदैन जानुहोस्।

फाल्गुन अमावस्या शुभ मुहूर्त

अमावस्याको प्रारम्भ फागुन १८ गते बिहान १ बजेर ५० मिनेटमा हुने गर्दछ । यस समयमा महाशिवरात्रि समाप्त हुनेछ। अर्कोतर्फ फाल्गुन अमावस्या तिथी फागुन १८ गते राति ११ः१९ बजे समाप्त हुनेछ । उदय तिथी अनुसार फागुन अमावस्याको व्रत फागुन १८ गते राखिनेछ ।

फाल्गुन अमावस्यामा के  गर्नु हुँदैन

फाल्गुन अमावस्याको दिन दिनमा भुलेर पनि सुत्नु हुँदैन । साथै बिहान ढिला समयसम्म सुत्नु हुँदैन । यसबाहेक सूर्योदय हुनुअघि नै उठ्नुपर्छ । यस दिन घरमा तामसिक खाना बनाउनु हुँदैन । साथै लसुन, प्याज, मासु र मदिरा सेवन गर्नु हुँदैन । यस दिन सात्विक भोजन गर्नु राम्रो मानिन्छ । साथै फागुन अमावस्याको दिन व्रत बस्नेले नुन सेवन गर्नु हुँदैन ।

यदि सम्भव छ भने यो दिन व्रत बस्नु राम्रो हुनेछ। यसका साथै घरमा अन्धकार राख्नु हुँदैन । विशेष गरी बेलुका घरमा बत्ती बाल्न नबिर्सनुहोस्। यस दिन घर आउने कुनै पनि व्यक्तिलाई खाली जान दिनु हुँदैन। अमावस्याको दिन दान गर्नु शुभ मानिन्छ। यसका साथै यस दिन पितृहरूको लागि तर्पण पनि शुभ मानिन्छ ।

फागुन अमावस्याको दिन कालो रंगको कपडा प्रयोग गर्नु हुँदैन । यस दिन हल्का रंगको सफा कपडा लगाउनु पर्छ। यस बाहेक अमावस्याको दिन क्रोधित हुनबाट जोगिनु पर्छ। साथै ब्रह्मचर्य पालन गर्नुपर्छ।

प्रकाशित : आइतबार, फागुन १५, २०७८१३:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२२ वर्षपछि शनिको साढेसाती सुरु हुँदै, रहनुहोस् अत्यन्तै सावधान