काठमाडौँ : आउँदो महिना मार्चमा तीन ग्रह सूर्य, बुध र शुक्रले आफ्नो राशि परिवर्तन गर्दैछ। ग्रहहरुको राशि परिवर्तनले मानिसहरुको जीवनमा गहिरो प्रभाव पार्छ। सबैभन्दा पहिले मार्च ६ मा बुध ग्रहले राशि परिवर्तन गर्दैछ। त्यसपछि १५ मार्चमा सूर्य देवले मीन राशिमा गोचर गर्नेछ। योसँगै मार्च ३१ तारिखमा शुक्र शनिको राशि कुम्भमा आउनेछ। शनिदेव मकर राशिमा पहिले देखि नै अवस्थित छ। यस्तो अवस्थामा यस राशिमा बुध, मङ्गल, शुक्र र शनिको संयोगले चतुर्ग्रही योग निर्माण हुँदैछ, जसले सबै राशिका जीवनमा गहिरो प्रभाव पार्छ। यद्यपि यो योग चार राशिका जातकको लागि शुभ मानिन्छ। जान्नुहोस्, यो योग तपाईको लागि शुभ छ कि छैन ?
बुध ग्रह ६ मार्च आइतबारको दिन बिहान ११ बजेर ३१ मिनेटमा मकर राशिबाट कुम्भ राशिमा गोचर गर्नेछ। त्यसपछि १८ मार्च २०२२ मा बुध ग्रह यहीँ राशिमा अस्त हुनेछ। त्यसपछि २४ मार्चमा मीन राशिमा गोचर गर्नेछ। त्यसपछि १५ मार्च मध्याह्न १२ बजे मीन राशिमा गोचर गर्नेछ। मार्चको अन्त्यतिर यानी ३१ मार्चको बिहान ८ बजेर ४० मिनेटमा शुक्र कुम्भ राशिमा प्रवेश गर्नेछ।
मकर राशिमा बुध, मङ्गल, शुक्र र शनिको संयोगलाई खासै शुभ मानिदैन्। यो संयोगले देश-विदेशको अवस्था बिग्रन्छ। महँगी बढ्न सक्छ। मकर राशिमा शनिदेवले न्याय गर्दै गलत काम गर्नेलाई सजाय दिने विश्वास गरिन्छ। अर्कोतर्फ, कुम्भ राशिमा शुभ कार्यले लाभदायक फल दिन्छ। शनिको राशि परिवर्तनले मेष, वृष, मिथुन, तुला, धनु, मकर र कुम्भ राशिका जातकको प्रतिष्ठामा बढोत्तरी र लाभमा वृद्धि गराउँछ। अर्कोतर्फ कर्कट, सिंह, कन्या र मीन राशिका जातकहरु भने सतर्क रहनुपर्नेछ।
चतुर्ग्रही योगबाट यी ४ राशिले पाउनेछ ठुलो लाभ
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
यो राशिका जातकको लागि आर्थिक लाभ हुने सङ्केत देखिन्छ। यदि तपाई जागिर गर्दैहुनुहुन्छ भने यो समयमा तपाईले आफ्नो योग्यता प्रदर्शन गर्ने अवसर पाउनुहुनेछ। करियरमा प्रगति हुने योग देखिनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका जातकको आर्थिक स्थिति मजबूत हुनेछ। अतिरिक्त आयका श्रोतहरु बढ्नेछन्। जागिर र करियरमा प्रगति हुनेछ। व्यापारमा विस्तारको योग छ। यो समय तपाईको लागि अत्यन्तै शुभ छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
पदोन्नतिसँगै तलब वृद्धिको प्रबल सम्भावना छ। व्यापारमा तपाईको योजना सफल हुनेछ र राम्रो लाभ हुनेछ। जीवनसाथीको सहयोग प्राप्त हुनेछ। अहिले लगानी गर्ने उपयुक्त समय हो।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका लागि यो समय निकै लाभदायी रहनेछ। काम र करियरमा सकारात्मक परिणाम देख्नुहुनेछ। व्यापार व्यवसायको विस्तारसँगै नाफा बढ्नेछ। आम्दानीका श्रोतहरु बढ्ने र धेरै क्षेत्रबाट आम्दानी हुने योग रहेको छ ।