यस्ता स्वभाव भएका मानिसको अगाडी ठुला-ठुला दुस्मनले पनि घुँडा टेक्छन्- आचार्य चाणक्य

सफल व्यक्तीको मात्रा दुश्मन हुँदैनन् । एक सफल हुने बाटोमा हिँडेको मानिसको पनि दुश्मन हुने गर्दछन् । कहिले यस्ता प्रकारका दुश्मन हुन्छन् । जसले जीवनमा ठुलो क्षति निम्त्याउँछन्। यस्तो अवस्थामा शत्रुहरूबाट आफूलाई सुरक्षित राख्न आवश्यक छ। महान कूटनीतिज्ञ आचार्य चाणक्यले शत्रुबाट बच्ने र शत्रुलाई परास्त गर्ने विशेष उपाय बताउनुभएको छ । यस उपायलाई अपनाएमा शक्तिशाली शत्रुलाई पनि घुँडा टेकाउन सकिन्छ ।

यी कुराहरूले शत्रुलाई पराजित गर्न सकिन्छ

शत्रुलाई कमजोर नसोच्नु: आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा भनेका छन् कि आफ्नो शत्रुलाई कहिल्यै कम नठान्नुहोस्। उसलाई हराउनको लागि उनको क्षमता र उसको विचारको बारेमा जान्न धेरै महत्त्वपूर्ण छ। तब मात्रै उसको कमजोरीमा प्रहार गरेर सजिलै जित हासिल गर्न सकिन्छ।

हिम्मत नहार्नु: दुश्मन आफूभन्दा शक्तिशाली भनेर नडराउनुहोस्। शक्तिशाली शत्रु देखेर हार नमान्नुहोस्। आफ्नो शक्ति बढाउन आफ्नो हिम्मत र बुद्धि प्रयोग गर्नुहोस्। एक दिन शत्रुले पक्कै तिम्रो सामु घुँडा टेक्नेछ।

धैर्यको साथ नछोड्ने: एक शक्तिशाली शत्रुको सामना गर्न र उसलाई पराजित गर्न धैर्यता धेरै महत्त्वपूर्ण छ। किनभने शत्रुले कुनै न कुनै समयमा गल्ती गर्नेछ र तपाईंले त्यसको फाइदा उठाउनुहुनेछ र जित्नुहुनेछ।

क्रोधलाई नियन्त्रणमा राख्नुहोस् : आफ्नो क्रोधलाई जित्न सक्मे मानिसले जीवनको हरेक क्रोधलाई जित्न सक्छ । क्रोधित व्यक्तिले सोच्ने शक्ति गुमाउँछ। त्यसैले आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस् र शत्रुको हरेक चालमा नजर राख्नुहोस्। तपाई पक्कै जित्नुहुनेछ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७८१६:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महाशिवरात्रिमा यी फूलहरू चढाउनुहोस् भगवान शिवलाई, मिल्नेछ अखंड सौभाग्य !