काठमाडौँ : ज्योतिष शास्त्रमा मंगल ग्रहलाई क्रूर ग्रह मानिन्छ । मंगल रक्त, ऊर्जा, र युद्ध आदि का कारक ग्रह हो। मंगल जब पाप ग्रहको साथ युति गर्छ भने अंगारक योगको निर्माण हुन्छ । शनिबार २६ फेब्रुवरीमा मंगलले राशि परिवर्तन गर्दै छ । यस दिन मंगल ग्रह दिनको ३ बजेर ०२ मिनेटमा मकर राशिमा प्रवेश गर्नेछ । मकर राशिलाई मंगल ग्रहको उच्च राशि मानिन्छ।
त्यस्तै मंगल् शुभ ग्रहमा हुँदा शुभ फल दिन्छ भने अशुभ ग्रहमा अशुभ फल दिन्छ । वास्तवमा २६ फेब्रुअरीमा अत्यन्तै अशुभ योग बनेको छ । ज्योतिष शास्त्रका अनुसार मंगल ग्रह अशुभ ग्रह राहु वा केतुसँग मिल्दा अंगारक योग बन्ने गर्दछ । यो योग निकै खतरनाक मानिन्छ । अशुभ ग्रह राहुले अहिले वृष राशिमा गोचर गरिरहेको छ । त्यस्तै केतु वृश्चिक राशिमा गोचरमा छ। यसका साथै राहुको दृष्टि मकर राशिमा परेको छ र यस राशिमा मंगल गोचर हुँदै छ ।
ज्योतिष शास्त्रका अनुसार अंगारक योगका कारण व्यक्तिको स्वभावमा उग्रता आउनेछ । यसको साथै मानिसमा रिस पनि बढ्नेछ । यस योगको प्रभाव भएको मानिस हिंसा गर्न पनि उत्तेजित हुन्छ । वास्तवमा मंगल ग्रहलाई क्रूर ग्रहको श्रेणीमा राखिएको छ । यस्तो अवस्थामा जब राहुसँग संयोग हुन्छ तब मानिसले क्रोधमा गलत निर्णय लिन थाल्छ ।
• अंगारक योगमा आगो तथा सवारी साधनको प्रयोगमा अत्यन्त सावधानी अपनाउनुपर्छ । साथै विवादबाट टाढा रहनुपर्छ। यस बाहेक परिवारका ठूला सदस्यको मन दुखाउनु हुँदैन। •
अंगारक योगबाट बच्ने उपाय • कुनै पनि विषयमा बोल्दा सावधान रहनु पर्छ । • अंगारक योगको प्रभाव भएको समयमा गलत संगतबाट टाढा रहनुपर्छ । भगवान शिव र हनुमानको पूजा गर्नुपर्छ । साथै यस समयमा मनलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । • नकारात्मक सोच राख्नेहरुबाट टाढा रहनुपर्छ साथै परिवारका सदस्यहरूसँग नम्र व्यवहार गर्नुपर्छ।
• कुनै पनि प्रकारको नशालु पदार्थको सेवनबाट टाढा रहनुपर्छ । अंगारक योगको समयमा यो मन्त्र ‘ओम अंगारकाय नमः’ कम्तीमा १०८ पटक जप गर्नुपर्छ।