पल समीक्षा प्रकरण: दुर्गेशलाई लग्यो ठूलो धक्का, निकालिए महोत्सवबाट !

काठमाडौँ- अहिले सामाजिक सञ्जालमा तातेको विषय पल शाह र समीक्षा प्रकरणमा मोडल तथा गायक दुर्गेश थापा पनि तानिएका छन् । बिहीबार अभिनेता पल शाहले सनाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै केही मानिसको समूहले आफूलाई फसाउन खोजेको भन्दै एक पोस्ट सार्वजनिक गरेका थिए । त्यस समूहमा दुर्गेश थापाको नाम पनि समावेश थियो ।

यस घटना सँगै गायक दुर्गेश थापाले गायिका समीक्षालाई विभिन्न कुरा सिकाउँदै गरेको अभिनेता पलले सार्वजनिक गरेको अडियोमा सुन्न सकिन्छ । त्यस समय यता गायक दुर्गेशलाई ठूलो धक्का लागेको छ । कारण हो उनी यही पल समीक्षा प्रकरणको कारण विभिन्न कार्यक्रमबाट निकालिन थालेका छन् ।

यही शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’ गायक दुर्गेश उपस्थित उने भनेर प्रचार गरिएको थियो तर अचानक आज उक्त महोत्सवमा उपस्थित हुने गायक तथा कलाकारको सूचीबाट दुर्गेश थापाको नाम हटेको छ । महोत्सव सञ्चालकका अनुसार अहिले भएको विवादको कारण दुर्गेशलाई कार्यक्रममा उपस्थित गराउनु आयोजक टिम र दुर्गेश दुवैलाई खतरा हुने भन्दै दुर्गेशलाई कार्यक्रमबाट हटाएको बताएका छन् ।

महोत्सव सञ्चालकका अनुसार कार्यक्रमा महिला बालबालिका सबै प्रकारका मानिस उपस्थित हुने हुँदा अहिले भएको अभिनेता पल र  गायक दुर्गेश बिचको विवाद को कारण झैँ-झगडा हुन् सक्ने हुँदा  दुर्गेशलाई कार्यक्रमबाट हटाएको बताएका छन् ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७८१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साथी सङ्गतको कारण पल शाहलाई फसाकै हो, अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी (भिडियो सहित)