चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा अभिनेता पल उपस्थित नहुँदा रोइन् अभिनेत्री पूजा शर्मा !

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर कार्यक्रममा नायक पल शाह उपस्थित नहुँदा दुखी भइन् अभिनेत्री पूजा शर्मा ।

शुक्रबारबाट प्रदर्शनमा आउने चर्चित चर्चित फिल्म ‘म यस्तो गीत गाउँछु’ को दोस्रो सिरिज ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर कार्यक्रममा नायक पल शाह उपस्थित भएका छैनन् । फिल्म ‘म यस्तो गित गाउछु २’ कलाकार सुदर्शन थापाले निर्माण गरेका हुन् । यस फिल्ममा नायक पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य अभिनय रहेको छ ।

अहिले खुलेको नयाँ चलचित्र हल ‘कीर्तिपुर कप्लेक्स’ मा बुधबार साँझ ५ः३० मा सुरु हुने भनिएको कार्यक्रमा अभिनेता पलको कारण कार्यक्रम करिब २ घण्टा ढिला सुरु भएको थियो । कार्यक्रमा अभिनेता पुष्प खड्का देखि प्रियंका कार्की लगायतका थुप्रै कलाकार तथा अभिनेता र अभिनेत्री उपस्थित थिए ।

तर त्यस समयमा अभिनेत्री पूजा शर्मा भने निकै मलिन अनुहारमा देखिएकी थिइन् । फिल्म हेरेर सबैले सकारात्मक प्रतिक्रिया दिँदा पनि अभिनेत्री पूजा शर्माको अनुहारमा खुशी देखिएन । त्यस समयमा अभिनेत्रीले सञ्चार मध्यमसँग कुरा गर्ने क्रममा आफ्नो फिल्म टिमलाई ठुलो बज्रपात परेको बताएकी छिन् । साथै आफ्नो टिमलाई सधैँ  साथ र  सहयोग गर्न अनुरोध गरेकी छिन् ।

 

प्रकाशित : बिहिबार, फागुन १२, २०७८१२:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुर्गेश थापालाई लक्षित दीपक राज गिरीको कडा प्रहार, तुलना राम र रावणको