यी दिन मात्र घरमा कुचो किनेर ल्याउनु मानिन्छ अत्यन्तै शुभ, अन्यथा हुनेछ धन हानिको कारण !

कुचो यस्तो चिज हो जुन लगभग हरेक घरमा प्रयोग गरिन्छ। सरसफाईका लागि प्रयोग गरिने कुचो घाँस, प्लास्टिक वा फाइबरबाट बनेका हुन्छन्। शास्त्रमा कुचोसँग सम्बन्धित धेरै नियमहरू बताइएका छन्। साथै, यसलाई घरको ढोकामा राख्नु हुँदैन। यसका बाहेक पनि कुचोसँग सम्बन्धित केही विशेष नियमहरू छन्। जान्नुहोस यससँग सम्बन्धित केही विशेष नियम।

लम्क्षीको प्रतिक हो कुचो

हिन्दू धर्ममा कुचोलाई लक्ष्मीको प्रतीक मानिन्छ। यस्तो अवस्थामा बिहीबार वा शुक्रबार घरबाट पुरानो वा खराब कुचो बाहिर निकाल्नु हुँदैन। किनभने बिहीबार र शुक्रवार क्रमशः भगवान विष्णु र माता लक्ष्मीसँग सम्बन्धित छन्। यस दिन घरबाट कुचो बाहिर निकाल्दा देवी लक्ष्मी घरबाट क्रोधित भएर निस्किन्छिन्। यस बाहेक भगवान विष्णुको कृपा पनि प्राप्त हुँदैन। अर्कोतर्फ कुचोमा लात्ती लाग्नु पनि अशुभ मानिन्छ।

कुचो कुन दिन किन्ने ?

शास्त्रका अनुसार मङ्गलबार वा शनिबार कुचो किन्ने उत्तम र शुभ दिन मानिन्छ। यसो गर्नाले आर्थिक अवस्था सुधार हुन्छ। त्यस्तै, घरमा सम्पन्नता पनि आउँछ। यति मात्र होइन माता लक्ष्मीको कृपा पनि सदैव रहन्छ। त्यस्तै, कुचो किन्दा बारका साथै पक्षको पनि विशेष ध्यान दिनुपर्छ। यस्तो अवस्थामा कृष्ण पक्षमा कुचो किन्नु राम्रो हुन्छ।

कहाँ राख्ने कुचो ?

शास्त्रका अनुसार कुचो घरमा त्यस्तो ठाउँमा राख्नु पर्छ जहाँ कसैले देख्न नपरोस्। कुचोलाई खाटमुनि राख्नु हुँदैन। साथै सूर्यास्तपछि कुचो लगाउनु हुँदैन किनभने यसो गर्दा माता लक्ष्मी क्रोधित भई घरबाट बाहिरिन्छिन्।

प्रकाशित : बिहिबार, फागुन १२, २०७८१०:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिका मानिस हुन्छन निकै ईर्ष्यालु, सधैँ रहनुहोस् सावधान !