फाल्गुन १२ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – बिहीबार(Thursday)।।। नक्षत्र – अनुराधा , १२:२६ बजे उप्रान्त ज्येष्ठा ।।। तिथि – अष्टमी , १३:३९ बजे उप्रान्त नवमी ।।। करण – कौलव १३:३९ बजेदेखि तैतिल , २४:२९ बजे उप्रान्त भद्रा ।।। योग – हर्षण , २५:५९ बजे उप्रान्त वज्र ।।। फागुन १२, २०७८, बिहीवार ।।। २४ फेब्रुअरी २०२२ ।।। अष्टमी, फाल्गुण कृष्णपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:३६ ।।। सूर्यास्त(sunrise) – १८:०।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
समस्यै समस्याले भरिएको दिन छ । भोजभतेर गरेर इष्टमित्रहरूलाई खुसी पार्ने कोसिस गरे पनि त्यो सफल होला जस्तो छैन । घरपरिवारमा कचिङ्गल बढिरहला । समस्यालाई समाधान गर्न सकिने स्थिति छैन । एक्लैले सबै काम भ्याउनु पर्नेछ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मध्यम खालको दिन छ । मानप्रतिष्ठा नबढे पनि धैर्यको सीमा टुट्ने देखिन्न । बढी खर्च होला । दिन रमाइलो गर्नमा नै बित्नेछ । मित्रहरूले कार्य रूपमा नभए पनि बौद्धिक खाले सल्लाह भने दिनेछन् ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
व्यापारसम्बन्धी कामबाट केही फाइदा लिन सकिनेछ । मनको भित्री चिन्ता कत्ति पनि घट्ने छैन । मद्दत दिनेहरूको सङ्ख्या सामान्य मात्रै देखिन्छ । व्यापारसम्बन्धी काममा फाइदा होला । खासगरी घरजग्गासम्बन्धी व्यवसायमा प्रगति गरिने समय छ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
खर्च भई नै रहला । अत्यावश्यक काममा भन्दा पनि बेकारका काममा बढी खर्च हुन जानेछ । परिवारको सहायता भने गतिलै पाउनुहोला । विशेषगरी व्यवसायमा परिश्रम धेरै पर्ला । पढाइमा अझै पनि थोरै समय मात्रै जानेछ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
दिनमा अलिअलि डर लाग्ला तर बिग्रने समय छैन । सहायता दिने मित्रहरू प्रशस्त भेट्टाउनुहुनेछ । केही गतिला काम पनि तपाईंबाट हुनसक्छ । पढाइ र लेखाइ दुवैतिर प्रगति हुने समय छ । जागिरतिर पनि निराशा देखिन्न ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
पूर्वाद्र्ध त्यति राम्रो छैन । अनेकौँ समस्या परिरहलान् । लक्ष्यबमोजिम कुनै काम पनि हुने छैन । बिस्तारै केही गति आउने छ । हातले समातेको व्यवसायले सामान्य लाभ मात्र देला । पढाइमा प्रगति गर्न बगलामुखीको आराधना गरिरहनुहोस् ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मध्यम खालको दिन छ । कुनै गतिलो काम बन्ला । त्यसपछि भने समस्यासित बढी जुध्नु पर्नेछ । सानो काम गर्न पनि धेरै परिश्रम लगाउनु पर्ला । मित्रहरूबाट खास सहयोग होला जस्तो छैन । पढाइमा समय दिनुहोस्, प्रगति नै हुनेछ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
पूर्वाद्र्ध राम्रो खालको छ । केही काम गर्ने भए मध्याह्नसम्ममा नै गरिहाल्नुहोस् । त्यसपछि त्यति राम्रो समय छैन तर साहसको मात्रा भने कत्ति पनि घट्ने छैन । यही प्रवृत्तिले तपाईंलाई मनग्गे टेवा दिनेछ । खासगरी नोकरीको क्षेत्रबाट राम्रो मद्दत पुग्ला ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सोचेभन्दा बढी खर्च हुनेछ । तैपनि आँटेका काम त्यति बन्ने छैनन् । आउँदा दिनहरू राम्रा खालका छन् । मनमा भएको निराशा र शङ्का बिस्तारै घटेर जानेछन् । व्यापार व्यवसायमा लगाएको परिश्रम खेर जाने छैन ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
सुरुको दिनमा स्वास्थ्य बाधा होला र यही स्वास्थ्यलाई ठीक गर्न खर्च बढ्ने देखिन्छ । आगामी दिन भने निकै राम्रा खालका छन् । कुनै काम गर्नुपर्ने भए यिनै दिनमा सम्पन्न गर्नुहोस् । जागिरबाट कम र व्यवसायबाट राम्रो फाइदा लिन सक्नुहुनेछ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
आधा काम बन्नेछन् भने आधा बाँकी रहनेछन् । यात्राको सम्भावना नजिकिएर आएको छ । व्यापार व्यवसायबाट सामान्य लाभ मात्र होला । परिश्रमअनुसारको फल नमिल्दा केही खल्लो अनुभव हुनेछ । हाललाई नारायणको दर्शन र सूर्यको आराधना नित्य गरिरहनुहोस् ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
खर्चलाई घटाउन सकिने समय छैन । अनेकौँ परिबन्द परेर सोचेको भन्दा प्रशस्त खर्च बढ्न जाला । स्वास्थ्यमा सानोतिनो बाधासमेत भइरहने देखिन्छ। बगलामुखीको आराधना गरिरहनुहोस् ।