फ्लप फिल्म ‘गहराइयां’ को सक्सेस पार्टी, दीपिका पादुकोणले गरिन् होस्ट

एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोणको हालै रिलिज भएको फिल्म ‘गहराइयां’ ले दर्शक रसमीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। यो फिल्मको सफलतापछि दीपिका पादुकोणले सक्सेस पार्टी आयोजना गरिन्।

दीपिका पादुकोणको ‘अलिशा’ को भूमिकालाई उनको करियरको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन मानिएको छ। ‘अलिशा’ को भूमिकामा उनको अभिनयले चौतर्फी वाहवाही बटुलेको छ। दीपिकाले फिल्मको सक्सेस पार्टीमा व्हाइट लुकले पार्टीको माहोल गर्मागर्मी बनाएकी छिन्।

दीपिकाले आफ्नो अभिनयकौशलताको लागि धेरै प्रशंसा पाएकी छिन्। ‘गहराइयां’ फिल्मले उनको सफल करियर ग्राफमा नयाँ उचाई दिएको छ।

दीपिका पादुकोण ‘गहराइयां’ मा आफ्नो भूमिकाले पाएको माया र प्रशंसाले गमक्क परेकी छिन्। साथै आफ्नो क्यारेक्टर अलिशाको संवेदनशील चित्रणको लागि प्रशंसा पनि कमाइरहेकी छिन्।

वर्कफ्रन्टको कुरा गर्ने हो भने दीपिका पादुकोण चाँडै शाहरुख खानको अपोजिटमा फिल्म ‘पठान’ र ऋतिक रोशनको अपोजिटमा फिल्म ‘फाइटर’ मा देखिनेछिन्। समीक्षागत हिसाबले सकारात्मक प्रतिक्रिया पाएको यो फिल्म व्यवसायिक रुपमा भने सफल हुन् सकेन्। यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन्।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१७:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुन: सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै अभिनेत्री मोनालिसा, नजर हटाउन सकेनन् फ्यानले !