एजेन्सी : हालै जोन अब्राहमको नयाँ फिल्म ‘तेहरान’ को घोषणा भएको छ। यो एक एक्सन थ्रिलर मुवी हुनेछ, जसमा जोन अब्राहम मुख्य भूमिकामा देखिनेछन्। फिल्म अरुण गोपालनले निर्देशन गर्नेछन्। फिल्मलाई दिनेश विजन, शोभना यादव और सन्दीप लिजेलले निर्माण गर्नेछन्।
जोन अब्राहमले लगातार एक्सन फिल्महरुमा काम गरिरहेका छन् र यहीँ कडीमा ‘तेहरान’ पनि पर्नेछ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो फिल्म सत्य घटनाबाट प्रेरित रहेको बताइएको छ ।
चलचित्रका अन्य कलाकार छिट्टै घोषणा गरिने भएपनि रिलिज मिति भने तोकिएको छ। यो फिल्म २६ जनवरी २०२३ मा प्रदर्शनमा आउनेछ।
२६ जनवरी २०२३ मा दुई ठूला फिल्महरु रिलिज गरिने घोषणा पहिल्यै भईसकेको छ। ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ र लव रञ्जनको निर्देशनमा बन्ने रणवीर कपूर र श्रद्धा कपूरको फिल्म पनि सोही दिन आउनेछन् ।
यसदिन लोकप्रिय अभिनेता जोन अब्राहम, ऋतिक रोशन र रणवीर कपूरबीच कडा टक्कर हुने निश्चित भएको छ।