महानायक र अभिनेत्री सँगको विवादको कारण लगानी उठाउन पनि मुस्किल परेका नेपाली चलचित्र !

पछिल्लो समयमा चलचित्र निर्माताले आफ्नो फिल्मको प्रचार प्रसार गर्नको लागि अनेक उपाय अपनाउन थालेका छन् । जसको कारण फिल्म हेर्नको लागि हालसम्म आउने दर्शको सङ्ख्या बढोस् । तर केही समय पहिले केही फिल्म निर्माता तथा निर्देशकले उठाएको विषय विवादमा तानिनाले अनावश्यकमा फिल्मले दर्शक पाउन सकेको सकेन ।

केही समयमा पहिले नायक भुवन केसीले केही सामाजिक सञ्जालमा अन्तर्वार्ता दिने क्रममा नायक राजेश हमाललाई महानायक भन्न नमिल्ने भनेका थिए । नायक भुवन केसीले त्यस समयमा लगातार फिल्म खेलेर मात्र महानायक नहुने प्रतिक्रिया दिएका थिए । त्यसै समयमा भुवन केसीको साथमा रहेका नायक शिव श्रेष्ठले नेपाली सिनेमा क्षेत्रमा भुवन केसीले नयाँ-नयाँ चलचित्र निर्माण गर्नुको साथै सयौँ मानिसलाई रोजगारी दिएको हुँदा महानायक भुवन केसी हुनुपर्ने बताएका थिए ।

यस विषयमा भएको विवादको कारण नायक भुवन केसी र शिव श्रेष्ठ अभिनीत चलचित्र ‘डाँडाको वर पीपल’ नराम्रो सँग धक्का खाएको थियो । महानायक विवादका कारण चलचित्र ‘डाँडाको वर पीपल’ निकै विवादमा तानियो साथै केही मानिसले यस फिल्मलाई नहेर्नको लागि सामाजिक सञ्जालमा एक किसिमको अभियान जस्तै चल्यो।

त्यसतै केही समयमा पहिले प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट ३’ जसले विभिन्न विवादको कारण सोचे जस्तो दर्शक पाउन सकेन । केही समय पहिले फिल्म निर्माता अर्जुन कुमारले अभिनेत्री स्वस्तिमा खड्कासँग अब कुनै पनि चलचित्रमा काम नगर्ने भनेको एक भनाइ सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८११:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समाजिक सञ्जालमा पल शाह र समीक्षा अधिकारीको गोप्य अडियो सार्वजनिक, यतिसम्म भएको रहेछ !