गर्मी सुरुभएसँगै निर्धक्क खुलिन् वर्षा शिवाकोटी, लोभलाग्दो अवतारले दीवाना बने फ्यान्स

काठमाडौँ : वर्षा शिवाकोटी नेपाली चलचित्र क्षेत्रकी चर्चित अनुहार हुन्। थोरै चलचित्रहरुमा अभिनय गरेको भए पनि उनले हरेक फिल्ममा आफ्नो गतिलो छाप छोडेकी छिन्। उनमा आफ्नो हरेक भूमिकालाई जीवन्त बनाउने कलाकौशलता रहेको छ।

सूचना र प्रविधिको अहिलेको युगमा सामाजिक सञ्जालको व्यापक प्रयोग हुने गर्छ। यसबाट अभिनेत्री बर्षा शिवाकोटी पनि अछुतो रहन सकेकी छैनन्। उनी सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा एकदमै सक्रिय छिन। सामाजिक सञ्जालमा उनको राम्रो फ्यानफलोइङ छ।

हाल अभिनेत्री बर्षा वसन्त ऋतुको आगमनको प्रतीक्षामा छिन। हालै आफू गर्मी महिनाको लागि तयार रहेको अभिव्यक्ति दिँदै बर्षाले आफ्नो लोभलाग्दो तस्बिर शेयर गरेकी छिन्।

सामाजिक सञ्जालमा सक्रिय रहने उनी आफ्ना तस्बिरहरु सार्वजनिक गरिरहन्छिन्। उनको पूर्ण फक्रिएको तारुन्यता र कस्सिलो आकर्षक जवानीले युवापुस्ताहरुलाई सम्मोहित पार्छ।

२८ वर्षीय अभिनेत्री वर्षा शिवाकोटी अहिलेसम्म अविवाहित नै छिन्। सञ्चारमाध्यमहरुको कहिले बिहे गर्ने भन्ने प्रश्नमा वर्षा अहिले दायाँबाया नगर्ने बताउँछिन्। केही समयअघिमात्र अभिनेत्री वर्षा शिवाकोटी र उनका प्रेमी सबिन जङ्ग थापाको ब्रेकअप भएको थियो। प्रेमी सबिनले फेसबुकमा स्ट्याटस लेख्दै अभिनेत्री वर्षाले आफूलाई धोका दिएको आरोप लगाएका थिए।

अभिनयमा राम्रो दख्खल भएकी अभिनेत्री वर्षा शिवाकोटीले अहिलेसम्म पशुपतिप्रसाद, नाई नभन्नु ल २, सुब्बा साब, जय सम्भु, भैरे, कारखाना, पुरानो बुलेट, वीर विक्रम–२ लगायतका चलचित्रमा काम गरेर दर्शकको मन जित्न सफल भएकी छिन्।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्दामा माता पार्वती, बाहिर पूजाको अर्कै रुप : तस्बिर देखेर जिब्रो टोक्छन् फ्यान्स