फागुन महिनाको यस दोस्रो सातामा यी ४ राशि रहनुहोस् सावधान, आउनेछ विविध समस्या !

सिंह राशि

आकस्मिक धन लाभ मिल्ने सम्भावना देखिन्छ। कला तथा प्रविधिको क्षेत्रमा विशेष सफलता मिल्ने सङ्केत रहेको छ। स्वास्थ्यको कुरा गर्नुपर्दा यो समयमा स्वास्थ्यमा समस्या आउनसक्छ, सावधान रहनुहोस्। दैनिक कार्यमा भने सफलता प्राप्त हुनेछ। नसोचेको ठाउँबाट धन लाभ मिल्नेछ।

तुला राशि

साताको सुरुवातमा तपाईंको स्वास्थ्य त्यति राम्रो नरहला। हातमा लागेको काम पनि फुत्किने सम्भावना रहेको छ। हप्ताको मध्यबाट भने परिस्थिति अनुकूल हुँदै जानेछ। रमणीय यात्राको सम्भावना रहेको छ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। वरिष्ठ व्यक्तिको मद्दतले विशेष कार्य सम्पन्न हुनसक्छ।

कुम्भ राशि

हप्ताको सुरुवात त्यति शुभ नरहला। अनावश्यक खर्च हुँदा तपाईंको आर्थिक स्थिति कमजोर हुनसक्छ। साताको मध्यबाट भने मनमा शान्ति छाउनेछ। आफ्नो योजना गोप्य राखेर गरेको काम सफल हुने सम्भावना उच्च रहेको छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ।

मीन राशि

नयाँ क्षेत्रमा लाग्ने र काम गर्ने मौका पाउनुहुनेछ। आफन्तबाट विशेष सहयोगको आशा गर्न सकिन्छ। आफन्तको सुझावले महत्त्वपूर्ण कार्य सफलताका साथ सम्पन्न गर्न सकिन्छ। साताको अन्त्यमा काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ने हुनसक्छ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१६:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फागुन महिनाको यस दोस्रो सातामा कुन राशिलाई कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल