एजेन्सी : बलिउड अभिनेत्री सनी लियोनॆ अनलाइन ठगीको शिकार भएकी छिन्। उनको प्यान कार्ड प्रयोग गरेर कसैले ऋण लिएका छन्। सनी लियोनीले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएकी हुन् ।
सन्नी लियोनीले आफ्नो प्यान कार्ड प्रयोग गरेर ‘धनी एप’ मार्फत कसैले २ हजार भारु लिएको बताइन्। त्यसयता उनको सिबिल स्कोर खराब हुँदै गयो। यसविरुद्ध उनले सम्बन्धित कम्पनीमा गुनासो गरिन्।
यसबारे गुनासो गर्दै सन्नी लियोनीले ‘धनी एप’ म्यानेज गर्ने इण्डिया बुल्स होम लोन र इण्डिया बुल्स सेक्युरिटीजलाई ट्याग गरेकी थिइन्। अभिनेत्रीले आफ्नो ट्वीटमा इन्डिया बुल्स सेक्युरिटी लिमिटेडले यस मामिलामा सहयोग नगरेको बताएकी छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार केही समयपछि कम्पनीले सन्नी लियोनीलाई सम्पर्क गरी उनको समस्या समाधान गरिदियो। यसपछि सन्नीले आफ्नो गुनासो लेखेको ट्वीट हटाइन्। र कम्पनीलाई धन्यवाद दिँदै ट्वीट गरिन्।
सनी लियोनले आफूलाई सहयोग गरेकोमा कम्पनीलाई धन्यवाद दिँदै लेखेकी छिन् – ‘IVLSecurities, @ibhomeloans र @CIBIL_Official लाई समस्या समाधान गरेको र अब त्यस्तो कहिल्यै नहुने विश्वास दिलाएकोमा धन्यवाद। मलाई थाहा छ तपाईहरु सबैले हामी सबैको ख्याल राख्नुहुन्छ। ‘