एजेन्सी : लोकप्रिय फिल्म ‘पुष्पा : द राइज’ की श्रीवल्ली यानी तपाईहरुकै प्यारी अभिनेत्री रश्मिका मन्डन्नाले आफ्नो सुन्दरताले सबैको मन जितेकी छिन्। रश्मिकाको क्युट लुक्स र उनको मुस्कानले युवापुस्ताहरुलाई सम्मोहित पारेको छ। तर के तपाईलाई थाहा छ, सुन्दर देखिने श्रीवल्ली आफ्नो परिवारका अगाडि निकै जिद्दी छिन्। हालैको एक अन्तर्वार्तामा रश्मिकाले आफ्नो र आफ्नो परिवारसँग सम्बन्धित एक किस्सा फ्यानहरुमाझ शेयर गरेकी छिन्।
सानै उमेरबाट फिल्मी दुनियाँमा कदम राखेकी रश्मिका मन्डन्ना आफ्नो कामप्रति धेरै समर्पित छिन्। उनी आफ्नो र आफ्नो कामबीच कसैलाई पनि आउन दिन्नन्। यहाँसम्म कि आफ्नो आमाबुबाले पनि उनको काममा हस्तक्षेप गरेको उनलाई मन पर्दैन्। यो कुरा रश्मिका आफैंले खुलासा गरेकी हुन्। एक लोकप्रिय ट्याब्लोइडसँग कुरा गर्दै रश्मिकाले आफू कोरोनाको बीचमा सुटिङ गर्न घरबाट बाहिर निस्कँदा परिवार निकै आत्तिने गरेको बताइन्। रश्मिका जिद्दी भएकीले उनका आमाबुबाले उनलाई रोक्न पनि सक्दैनथे। आफ्नो जिद्दीपन परिवारलाई फिटिक्कै मन नपर्ने उनी बताउँछिन्।
पुष्पाको ऐतिहासिक सफलतापछि रातारात स्टार बनेकी रश्मिकाले श्रीवल्ली बनेर सबैको मनमा राज गरेकी छिन्। उनी छिट्टै बलिउडमा कदम राख्ने तयारीमा छिन। रश्मिका चाँडै सिद्धार्थ मल्होत्रासँग फिल्म मिशन मजनुमा देखिनेछिन्।