धनी बन्ने सबैको सपना हुन्छ तर माता लक्ष्मीको कृपा थोरै विशेष मानिसमा मात्रै हुन्छ । यसका पछाडि मानिसको आफ्नै व्यवहार, बानी र केही परिस्थितिहरू हुने गर्दछन् । चाणक्य नीतिमा यस्ता बानी र यस विषयमा बताइएको छ । जसले मानिसलाई धनी बनाउँछ । यदि व्यक्तिले यी कुराहरु अपनाएमा उसलाई हरेक काममा सफलता मिल्छ र लक्ष्मी माताको कृपा सदैव रहन्छ ।
यी दुई गुणले मानिसलाई बनाउँछ सफल
सर्वप्रथमा व्यक्तिलाई सफलता प्राप्त गर्न र धनी बन्नको लागि कडा परिश्रम, योग्यता र भाग्य चाहिन्छ। तर यी सबै कुरा बाहेक मानिसमा यी दुई गुण हुन आवश्यक पर्दछ । जसको बिना मानिसले जीवनभर सफलता र समृद्धिको आनन्द लिन सक्दैन। चाणक्य नीतिमा उल्लेखित ती दुई विशेष गुणहरू यस प्रकार छन् ।
नम्रता
यदि कुनै पनि व्यक्तिमा नम्रता छैन भने उसले जीवनभर हरेक काममा सफलता र पैसाको आनन्द लिन सक्दैन। यदि कुनै व्यक्ति अहंकारी र तीतो बोलीको छ भने लक्ष्मी माता उनको साथमा बस्दिनन्। न त त्यस्तो व्यक्तिलाई मानिसहरूले मन पराउँछन्। त्यसैले पद, पैसा, प्रतिष्ठा र इज्जत पाउनको लागि नम्र हुनु अति आवश्यक छ।
मिठो बोली
मिठो बोल्नु भनेको धेरै समस्याको समाधान हुनु पनि हो । भनिन्छ मान्छेले मिठो बोलेर शत्रुलाई आफ्नो बनाउन सक्छ । मिठो बोलीले बिग्रँदै गएको काम पनि मिलाउन सक्छ र सजिलै सबैको मन जित्न सक्छ । त्यसैले सफल र धनी जीवन बिताउन चाहनुहुन्छ भने जतिसक्दो चाँडो मिठो बोल्नु राम्रो हुनेछ ।