फाल्गुन ४ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – बुधवार ।।। नक्षत्र – अश्लेषा , १५:३२ बजे उप्रान्त मघा ।।। तिथि – पूर्णिमा , २२:३२ बजे उप्रान्त प्रतिपदा ।।। करण – भद्रा १०:०८ बजेदेखि वव , २२:३२ बजे उप्रान्त तैतिल ।।। योग – शोभन , २१:१७ बजे उप्रान्त अतिगण्ड ।।। फागुन ०४, २०७८, बुधवार ।।।१६ फेब्रुअरी २०२२ ।।। पूर्णिमा, माघ शुक्लपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:४३ ।।। सूर्यास्त(sunrise) – १७:५५ ।।। कार्यक्रमहरू : श्री स्वस्थानी व्रत समाप्त, माघस्नान समाप्ति ।। शुभ साइत : होम गर्ने साइत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
दिन राम्राखालको छ । सोचेको जति नभए पनि सामान्य किसिमको आर्थिक लाभ भइरहला । घरपरिवारमा राम्रो वातावरण रहला भने मित्रहरूले पनि सहयोग गरिरहनेछन् । विशेषगरी व्यापार, व्यवसायमा क्रमिक सुधार हुने देखिन्छ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
खर्च नघटे पनि आम्दानीका स्रोत बिस्तारै खुलेर जानेछन् । मनको बह बिस्तारै घटेर जाला । परिवारको सदासयता र मित्रहरूको सहयोगले पनि प्रशस्त काम गर्नेछ । पढाइको क्षेत्रमा केही प्रगति हुने देखिन्छ । दिन भने त्यति उत्कृष्ट खालका छैनन्।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सुरुको दिनमा स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ । विशेषगरी पेटमा गडबड होला कि जस्तो छ । त्यसैले खानपानमा सतर्क हुनुहोस् । त्यसपछि दिन सामान्य रूपले बित्नेछ । हातले समातेको व्यवसायले थोरै भए पनि आर्थिक लाभ दिइरहनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
धेरै समस्यासित जुध्नुपर्ने समय छ । स्वास्थ्यस्थिति पूरा राम्रो रहने छैन । मद्दत गर्नेभन्दा रिस गर्नेको सङ्ख्या बढी छ । व्यापारसम्बन्धी कामले मात्र तपाईंलाई मद्दत गर्ला । बौद्धिक स्तर भने पहिलेको भन्दा अलिकति सुध्रिएरै आएको छ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
पूर्वाद्ध राम्रोखालको छ । सोचेकोभन्दा निकै काम बन्नेछन् । स्वास्थ्यसम्बन्धी समस्या परिरहला । आफ्ना लागि भन्दा पनि परिवारका लागि बढी खर्च गर्नुपर्ने देखिन्छ ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
दिनलाई राम्रै रूपमा लिन सकिन्छ। सुरुको दिनमा इष्टमित्रसँग भेटघाट हुने र रमाइलोसमेत गरिएला । आर्थिक हानि देखिन्न । बरु कुनै माङ्गलिक कामको व्यस्ततामा समय बितिरहला । पढाइ एवम् शैक्षिक कार्यमा समेत पहिलेको भन्दा गतिशीलता बढ्नेछ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
दिनमा निकै खर्च हुनेछ । आफ्नै खर्चले भोजभतेरको आयोजना गर्नुपर्ला जस्तो छ । मद्दत दिनेभन्दा खर्च गराउनेखालका मित्र धेरै छन् । खेलबाडतिर बढी मन नदिनुहोस् । आर्थिक हानिमात्र होलाजस्तो छ । मनमा निराशाका प्रवृत्ति बढी रहनेछन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
संयमित हुनुपर्ने समय छ । बाधा दिने तत्व प्रशस्त छन् । मद्दत गर्नेको सङ्ख्या कम छ । मानप्रतिष्ठा वृिद्ध होलाजस्तो देखिन्न । सुरुका दिनमा त सोचेकोभन्दा निकै नै आर्थिक हानिसमेत हुन सक्छ । बरु शैक्षिकसम्बन्धी काममा समय थप्नुहोस् ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
मध्यमखालको दिन छ । एकैठाउँमा स्थिर भएर बस्न सकिने छैन । यही अस्थिरताले गर्दा आँटेका काम पूरा हुन धेरै समय लाग्नेछ । बङ्गलामुखीको दर्शन र आराधना गर्न थालिहाल्नुहोस् । मित्रवर्गबाट सामान्यखालको आश्वासनमात्र पाइनेछ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
स्वास्थ्य पूरा राम्रो होलाजस्तो देखिन्न । आफ्नोमात्र नभएर घरपरिवारको स्वास्थ्यका कारण पनि खर्च भइरहला तर केही गतिला काम बनेर आर्थिक लाभसमेत गर्नुहुनेछ । व्यापार र व्यवसायमा तपाईंको बौद्धिक प्रतिभाले ठीक काम गर्ला ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
आम्दानी एवम् खर्च बराबरै जस्तो छ । व्यावसायिक एवम् व्यापारिक काममा पहिलेको जस्तो निराशा देखिन्न । दिन गतिलाखालको छ । पढाइ एवम् लेखाइ दुवैतिर प्रगति हुँदै जाला । मुद्दामामिला एवम् वादविवादमा समेत तपाईंकै पक्ष बलियो छ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
पहिलेको जति निराशा नभए पनि सोचेकोजस्तो प्रगति भने होलाजस्तो छैन । ज्यादै थोरै मात्रामा आर्थिक लाभ गर्नुहुनेछ । कामको बोझ भने बिस्तारै बढेर जाला । स्वास्थ्यस्थिति मध्यममात्र छ । बौद्धिक प्रगति भने सुधारोन्मुख देखिन्छ । नारायणको दर्शन गर्नुहोस् ।