भोलि फाल्गुन ३ गतेको राशिफल : ५ राशिलाई शुभ छ भोलिको दिन, बाँकी राशिलाई कस्तो रहला ?

फाल्गुन ३ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – मंगलवार ।।। नक्षत्र – तिष्य , १३:५६ बजे उप्रान्त अश्लेषा ।।। तिथि – चतुर्दशी , २१:३७ बजे उप्रान्त पूर्णिमा ।।। करण – गर ८:५८ बजेदेखि वव , २१:३७ बजे उप्रान्त वालव ।।। योग – सौभाग्य , २१:४३ बजे उप्रान्त शोभन ।।। फागुन ०३, २०७८, मंगलवार ।।। 15 February, 2022 ।।। चतुर्दशी, माघ शुक्लपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:४३ ।।। सूर्यास्त(sunrise) – १७:५४ ।।। कार्यक्रमहरू : पशुुपतीनाथ छायाँ दर्शन ।। शुभ साइत : रुद्री गर्ने साइत  ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

निकै सुध्रिएको दिन छ । अलि–अलि मनमा भय भए पनि त्यसले खास बिगार गर्ने छैन । काम गर्ने हौसला बढ्दै जाला । विशेषगरेर महिला मित्रबाट राम्रो सहयोग प्राप्त होला । शिक्षाको क्षेत्रमा भने खोजेकोजति प्रगति हुने छैन । व्यापार व्यवसायमा पहिलेको भन्दा सुधार होला ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दिन त्यति राम्रो देखिन्न । गरेको काममा असफलताको साथै मनमा तर्क–वितर्क चलिरहला । शङ्का र भय होला । आगामी दिनदेखि मात्र सुधारको रेखा दृष्टिगोचर हुन्छ । पढाइ र लेखाइमा प्रगति नै होला ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सामान्य खालको दिन छ । सुरुमा जुन रफ्तारले काम बन्ला मध्य भागमा त्यस्तो हुने छैन । खर्चको मात्रा निरन्तर बढी नै रहला । मित्रहरूको सहयोग भने राम्रैसँग पाउनुहुनेछ । हातले समातेको व्यवसायले मध्यमखालको लाभमात्र देला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

पूर्वार्द्ध राम्रोखालको छ । वादविवाद परे पनि त्यसमा तपाईंकै विजय हुनेछ । केही जटिल समस्या खडा हुन सक्छन् । जसलाई समाधान गर्दागर्दै तपाईं थाक्नुहुनेछ । गणेशको आराधना हाललाई अपरिहार्य छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सानो काम सफल बनाउन पनि परिश्रम बढी नै गर्नुपर्ला तर पराजय भने हाल देखिन्न । मित्रहरूको सहयोग पाएर निकै कठिन काम पनि सफल पार्न सक्नुहुनेछ । आर्थिक स्थिति राम्रैखालको रहला । त्यस्तै केही नयाँ काम पनि तपाईंको हातमा आउन सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

पूर्वाद्र्धमा स्वास्थ्यसम्बन्धी समस्या खडा होला । त्यसैले आँटेकोजति काम पूरा गर्न सक्नुहुने छैन । व्यापारसम्बन्धी काममा आएको अवरोधलाई हटाउन नारायणको दर्शन गर्नुहोस् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

अझैँ पनि कठिनाइबाट मुक्ति पाइने छैन । केही नयाँ समस्या खडा भएर मनमा खिन्नता आउला । मित्रहरूको सहयोग नलिईकन एक्लैले काम सफल पार्न सक्नुहुने छैन । शिक्षाको क्षेत्रमा भने राम्रै प्रगति हुन जाला । विवाहसम्बन्धी कुरामा ठोस निर्णय लिनुपर्ने बेला छ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दिनमा सोचेकोभन्दा बढी खर्च हुनेछ । दिन त्यति नराम्रा छैन् । मित्रबाट पाइने सहयोग मध्यमखालको मात्रै रहनेछ । विवाहसम्बन्धी कुरामा प्रगति नै होला । यात्राको सम्भावना भने हाल न्यून छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

समय त्यति नराम्रो छैन । मित्रसँग भेट हुनुको साथै स्वादिष्ट भोजन गर्ने अवसर पाउनुहुनेछ । आफ्नो र परिवारको स्वास्थ्यबारेमा भने सतर्क हुनुहोस् । स्वास्थ्यकै कारण खर्च बढ्न पनि सक्छ । त्यसलाई निराकरण गर्न भगवतीको आराधना गरिरहनुहोस्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

खर्च घट्ने बेला छैन । दिनमा प्रशस्त खर्च हुन जाला । मित्रको सम्मान खातिर भोजभतेर गर्नुपर्ने बाध्यता पर्ला तैपनि भित्रैदेखि मद्दत गर्ने मित्रहरू भने कम छन् । स्वास्थ्यस्थिति हाल मध्यमखालको छ । जागिरबाट पूरा सन्तोष हुने छैन ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

गतिलै आम्दानी हुनेछ तर बढी खर्च हुनेछ। मानप्रतिष्ठा बढ्नका लागि अझैँ पर्खनुपर्नेछ । निर्णय लिने शक्तिमा ह्रास हुनाले मनमा दुविधा बढिरहला । बङ्गलामुखीको सम्झना गरिरहनुहोस् ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दिन त्यति नराम्रो होइन । पहिले बाँकी रहेका धेरै काम बन्नेतिर छन् । मित्र सहयोग पाइनै रहनुहुनेछ । व्यापारतिर भने सिथिलता आएको छ । विवाहको विषयमा प्रगति होला । पढाइमा कम उत्कर्षमात्र छ । स्वास्थ्य भने मध्यमखालको रहला ।

प्रकाशित : सोमबार, फागुन ०२, २०७८२०:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज फाल्गुन ३ गतेको राशिफल : ७ राशिका जातकलाई खासै शुभ छैन आजको दिन, बाँकी राशिलाई कस्तो रहला ?