काठमाडौँ : फेब्रुअरी महिनाको अन्तिम दिनमा मकर राशिमा चार ग्रहको अद्भुत संयोग हुने भएको छ। शनिदेव र बुध देव यस राशिमा पहिले नै विराजमान छन्। फेब्रुअरी २६ मा मंगल ग्रह र फेब्रुअरी २७ मा शुक्र ग्रहको यस राशिमा गोचर सुरु हुनेछ। यी चार ग्रह मिलेर चतुर्ग्रही योग बनाउनेछन्। यो योग मार्च ६ तारिख सम्म बन्नेछ। यो योगले कुन राशिका मानिसको भाग्य चम्काउनेछ ? जान्नुहोस् ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
ग्रहहरूको यो संयोजन तपाईंका लागि धेरै लाभदायक साबित हुनेछ। तपाईंको आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुनेछ। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ। मिहिनेतको राम्रो नतिजा मिल्नेछ। लगानीका लागि समय उत्तम छ। परीक्षाको तयारी गर्नेहरूका लागि यो समय निकै अनुकूल साबित हुनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
तपाईंको आम्दानी बढ्नेछ। करियरमा राम्रो प्रगति हुने सम्भावना छ। समाजमा तपाईंको छवि बलियो हुनेछ। काममा राम्रो लाभ मिल्नेछ। विदेश जाने अवसर मिल्नेछ। कार्यस्थलको वातावरण तपाईंको पक्षमा रहनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
तपाईंको आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुनेछ। काममा पनि राम्रो प्रगति गर्न सकिनेछ। करियरमा धेरै फाइदा हुने अवसर मिल्नेछ। व्यापारीहरुका लागि समय निकै अनुकुल देखिन्छ। यात्राबाट धन आर्जनको सम्भावना पनि रहनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
यो अवधिमा पदोन्नति प्राप्त गर्न सकिन्छ। तलबमा पनि उल्लेख्य वृद्धि हुने सम्भावना छ। तपाईंको पद प्रतिष्ठा बढ्नेछ। घर-जग्गा तथा सम्पत्ति जोड्न सकिनेछ। जीवनसाथीसँगको सम्बन्ध राम्रो रहनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
मिहिनेत र परिश्रमको उचित प्रतिफल प्राप्त हुने देखिन्छ। कुनै पनि अधुरा मनोकामना पुरा हुनसक्छ। जीवनका धेरै क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। काम वा व्यवसायसँग सम्बन्धित यात्राहरू सफल हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ।