भारतीय सिने इतिहासको सबैभन्दा सुन्दर अभिनेत्री थिईन् मधुबाला, हेर्नुस् यी तस्बिरहरु

एजेन्सी : बलिउडमा सौन्दर्यताको चर्चा हुँदा ५० को दशकको सुपरहिट अभिनेत्री मधुबालाको नाम सबैभन्दा अगाडी आउँछ। १४ फेब्रुअरीमा जन्मिएकी अभिनेत्री मधुबालाको सौन्दर्यताको अगाडी सबथोक फिक्का लाग्छ। उनले फिल्ममा खेलेका हरेक पात्रलाई आज पनि  मानिसहरु सम्झिन्छिन्। मधुबालालाई ‘ट्र्याजेडी क्वीन’ पनि भनिन्थ्यो किनकी धेरै फिल्महरुको अन्त्यमा उनलाई मृत देखाइन्थ्यो। मधुबालाको वास्तविक जीवन पनि फिल्मभन्दा कम थिएन । मुटु रोगका कारण असामयिक निधन भएकी मधुबालाले आफनो छोटो जीवनकालमा धेरै प्रगति गरिन्। उनको सुन्दरता र स्टाइलका कारण उनलाई अझैँ पनि याद गरिन्छ।

उनले सानै उमेरदेखि चलचित्रमा मुख्य भूमिका निभाउन सुरु गरेकी थिईन्। १४ वर्षको उमेरमा आफ्नो अभिनयबाट परिपक्व केटीको भूमिका निर्वाह गरेकी मधुबालाको अभिनय लाजवाफ थियो। आज मधुबालाको जन्मोत्सवको अवसरमा उनका केही तस्बिरहरु तपाईलाई देखाउँछौँ।

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१५:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गायिका नेहाले यसरी मनाइन भ्यालेन्टाइन डे, सार्वजनिक गरिन् यस्ता तस्वीर: ८ तस्वीर सहित !