४८ वर्षीय मलाइकाले ३६ वर्षीय ब्वायफ्रेन्ड अर्जुनलाई यसरी दिईन् भ्यालेन्टाइन डेको शुभकामना

एजेन्सी : आज फेब्रुअरी १४ तारिखको दिन संसारभर प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाइदैछ। भ्यालेन्टाइन डेको अवसरमा प्रेमी-प्रेमिकाले एक-अर्कालाई आफ्नो प्रेम व्यक्त गर्छन् र आफ्नो पार्टनरको लागि विशेष बनाउन प्रयास गर्छन्। बलिउड सेलिब्रेटीहरू पनि भ्यालेन्टाइन डेमा आफ्नो प्रेम व्यक्त गर्न हिचकिचाउँदैनन्। ४८ वर्षीय अभिनेत्री मलाइका अरोडाले भ्यालेन्टाइन डेलाई रोमान्टिक ढङ्गले सुरुवात गरेकी छिन्। उनले भ्यालेन्टाइन डेको अवसरमा आफ्ना ३६ प्रेमी अर्जुन कपूरलाई विशेष रुपमा शुभकामना दिएकी छिन्। मलाइकाले अर्जुनप्रतिको प्रेम रोमान्टिक ढंगमा व्यक्त गरेकी छिन् । मलाइकाको पोष्टले सबैको ध्यान तानेको छ। मलाइका आफ्नो प्रेम व्यक्त गर्ने मुडमा देखिन्छिन्।

मलाइकाले अर्जुन कपूरसँगको विशेष पोस्ट सेयर गरेकी छिन्। उनले अर्जुनलाई अँगालो हालेको तस्बिर सेयर गरेकी छिन्। तस्बिरमा अर्जुनलाई मलाइकाको निधारमा चुम्बन गरिरहेको देख्न सकिन्छ। यो क्युट तस्बिरलाई धेरैले मन पराइरहेका छन्।

यो तस्बिर शेयर गर्दै मलाइकाले लेखेकी छिन् – ‘मेरो’ । साथै हार्ट इमोजी पोस्ट गरेकी छिन्। तस्विरमा मलाइकाले सर्ट र टप लगाएकी छिन्। योसँगै अर्जुनले जगर र टिशर्ट लगाएका छन्। मलाइकाको यो पोष्टलाई केही मिनेटमै लाखौंले लाइक गरेका छन्। मलाइकाको यो पोस्टमा उनका फ्यानहरुले कमेन्ट पनि गरिरहेका छन्।

अर्जुन कपुर र मलाइका अरोरा बलिउडका चर्चित जोडीमध्ये एक हुन्। दुवैले कहिल्यै पनि आफ्नो सम्बन्ध कसैबाट लुकाउन खोज्दैनन्। दुवैले सामाजिक सञ्जालमा सँगै रोमान्टिक तस्बिर र भिडियो सेयर गरिरहन्छन्। हालै दुवै जना सन् २०२१ को डिसेम्बरमा छुट्टी मनाउन माल्दिभ्स गएका थिए ।

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१४:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के नायक अनमोल केसीले पाएको मेगास्टारको उपाधि हराएकै हो त?