काठमाडौँ : आइतबार फाल्गुन १ गते(फेब्रुअरी १३ तारिख) देखि सूर्यदेव कुम्भ राशिमा गोचर गरिरहेको छ। सूर्य मकर राशिबाट कुम्भ राशिमा प्रवेश गरेको दिन कुम्भ संक्रान्ति मनाइन्छ। आत्मा र शक्तिको स्वामी सूर्य एक महिनासम्म कुम्भ राशिमै विराजमान गर्नेछ। सूर्य सिंह राशिको स्वामी ग्रह हो। सूर्यले राशि परिवर्तन गर्दा त्यसको प्रभाव १२ वटै राशिहरुमाथि पर्छ। यो प्रभाव राम्रो र नराम्रो दुवै हुन् सक्छ। सूर्यको गोचरले कुन राशिमा कस्तो प्रभाव पार्ला त ? हेर्नुस्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
सूर्य गोचर तपाईको लागि अनुकूल साबित हुनेछ। धेरै काममा सफलता मिल्ने सम्भावना छ। तपाईले आफ्नो प्रतिभा देखाउने भरपूर अवसरहरु पाउनुहुनेछ। बढुवाको प्रबल सम्भावना छ। जागिरमा गरिएको प्रयासले राम्रो प्रतिफल प्राप्त हुनेछ। धन-दौलत बढ्नेछ। आर्थिक स्थिति राम्रो रहनेछ। समाजमा तपाईको छवि मजबूत हुनेछ। शेयरबाट लाभ प्राप्त हुनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका लागि यो गोचर शानदार साबित हुनेछ। यस अवधिमा धेरै क्षेत्रहरुमा सुधार गर्ने र भाग्य चम्काउने अवसरहरु पाउनुहुनेछ। पद-प्रतिष्ठामा बढोत्तरी हुनेछ। तलब बढ्नेछ। सरकारी जागिरेका लागि समय निकै अनुकूल छ। आर्थिक स्थिति राम्रो रहनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका व्यक्तिहरुका करियरको लागि यो गोचर लाभदायी साबित हुनेछ। आर्थिक रुपमा यो समय तपाईको लागि राम्रो छ। व्यापार-व्यवसायमा तपाईको कार्यसम्पादन शानदार रहनेछ। राम्रो नाफा कमाउन सकिनेछ । जागिरेहरुले यस समयावधिमा नयाँ परियोजनाहरु सफलतापूर्वक सम्पन्न गर्नेछन्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कन्या राशिका लागि यो गोचर लाभदायी साबित हुनेछ। तपाईको नाम, प्रसिद्धि र प्रतिष्ठा बढ्नेछ। केही शुभ समाचार प्राप्त हुन् सक्छ। आर्थिक अवस्था राम्रो रहनेछ। भाग्यले भरपूर साथ दिनेछ। पुरानो रोगबाट राहत पाउनुहुनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
आर्थिक स्थितिमा सुधार आउनेछ। लगानीले राम्रो प्रतिफल दिनेछ। करियरको दृष्टिकोणले समय राम्रो देखिन्छ। तपाईको चतुराई र बौद्धिक क्षमता बढ्नेछ। यो समयावधिमा तपाई आफ्नो करियरको सर्वश्रेष्ठ स्तरमा पुग्न सफल बन्नुहुनेछ।