अलि-अलि अङ्ग छोपिने बिकिनी लगाई कफी सर्व गर्छिन् युवती, तर मानिसहरुले घी;_*नलाग्दो प्रस्ताव राखेर वाक्क बनाउँछन्

एजेन्सी : पश्चिमी देशहरुमा पपुलर कल्चरलाई सधैँ नयाँ तरिकामा परिभाषित गरिन्छ। यति मात्र होइन, धेरै मानिसहरुले त्यो कल्चर फलो पनि गर्छन्। हालै एकयुवतीले आफ्नो कहानी शेयर गर्दै बताईन् कि उनले बिकिनी लगाएर कफी बेच्छिन्। युवतीले यसपछाडीको कारण पनि बताएकी छिन्। उनको कथाले निकै चर्चा पाईरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेलीस्टारले आफ्नो एक अनलाइन रिपोर्टमा युवतीको बारेमा विस्तृत जानकारी दिएको छ। युवतीको नाम ग्रेस हो। उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा आफ्ना तस्विरहरु पनि शेयर गर्छिन्।

रिपोर्टका अनुसार उनी अमेरिकाको एउटा कफी क्याफेमा काम गर्छिन् र यस क्याफेको कल्चर भनेको बिकिनी लगाएका केटीहरूले मात्र यहाँ कफी बेच्न पाउँछन् । सोहीँ क्याफेमा काम गर्ने उनका भनाईअनुसार उनले कहिलेकाहीँ से;_मी-न्यु*;_ड भएर यानी एउटा धागो बराबरको बिकिनी लगाएर ग्राहकलाई कफी दिन्छिन्।

ग्रेसी आफैँले कफी बनाउँछिन् र ग्राहकहरूलाई सेवा दिन्छिन्। उनी सधैँ सबैलाई राम्रो व्यवहार गर्छिन्। कहिलेकाहीँ कतिपय ग्राहकले अनौठो माग राख्दा नसुनेझैँ गर्नुपरेको उनको भनाइ छ। जब उनले ग्राहकको से:_’*क्सको प्रस्ताव अस्वीकार गर्छिन् , तब तिनीहरुले उनलाई टिप नै दिँदैनन्।

उनलाई आफ्नो काम राम्रो लाग्ने उनी बताउँछिन् किनकी यो सबै उनी पैसाको लागि गर्छिन्। तर अक्सर मानिसहरू उनको बारेमा गलत सोच राख्छन्। उनी भन्छिन् – ‘मानिसहरूले बुझ्दैनन् कि मेरो काम कफी बनाउने र मानिसहरुलाई दिने हो। मेरो पहिरनको कारण ग्राहकहरुले फरक अपेक्षा राख्छन्।’

कलेजको पढाई पूरा गर्नको लागि पैसा चाहिने बेलामा यो क्याफेमा जोडिएको उनले बताईन्। त्यतिबेला उनको खातामा धेरै कम पैसा थियो तर क्याफेमा काम गरेको केही महिनामै उनले एक अपार्टमेन्ट किनिन् र राम्रो ठाउँमा बिना मनाउन पनि गईन्।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुहारी ऐश्वर्याले ऋतिकसँग किस गरेको देखेपछि भड्किएका थिए बच्चन परिवार, लिगल नोटिससमेत आएको थियो