‘बिग बोस’ विजेता बनेकी तेजस्वीमा आयो यति धेरै परिवर्तन, तस्वीर देखेर फ्यान भए तरङ्गित !

भारतको चर्चित शो ‘बिग बोस सिजन १५ को विजेता बन्न सफल अभिनेत्री तथा मोडल तेजस्वी प्रकाश पछिल्लो समयमा विभिन्न कारणले चर्चामा रहने गरेकी छिन् । अहिले तेजस्वीको सामाजिक सञ्जालमा नयाँ-नयाँ अवतार देख्न सकिन्छ । अभिनेत्रीले हालै उनको इन्स्टाग्राम खातामा केही तस्वीर सार्वजनिक गरेकी छिन्, जसमा उनी निकै सुन्दर र ह-ट देखिएकी छिन् ।

सानो पर्दाकी चर्चित अभिनेत्री र ‘बिग बोस १५’की विजेता तेजस्वी प्रकाश जब ‘बिग बोस’ को विजेता बन्न सफल भएकी थिइन् त्यस समय देखि मानिस हरुमा उनको चर्चा पहिले भन्दा झनै बढेको पाउन् सकिन्छ । तेजस्वी चाँडै यस वर्षको बहुप्रतिक्षित शो ‘नागिन ६’ मा देखिनेछिन् ।

अहिले सामाजिक सञ्जाल हरुमा तेजस्वीको नयाँ लुकको केही तस्वीर निकै भाइरल भएको छ । जसमा उनी सुनौलो रंगको ब्रा:लेट र स्कर्ट लगाएर आफ्नो सुन्दरता फैलाइरहेकी छिन् ।

तेजस्वीले तस्वीर सेयर गर्दै क्याप्सन लेखेकी छन्, ‘म तपाईहरू सबैलाई फरक शैलीमा भेट्न आउँदैछु, यस पटकको कथा फरक हुनेछ ।’ अहिले उनका यी तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । साथै अभिनेत्रीका फ्यानले उनको तस्वीरमा लगातार  लाइक कमेन्ट गरिरहेका छन्  ।

 

प्रकाशित : आइतबार, फागुन ०१, २०७८११:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मिया खलीफाले दिईन् वार्निङ, लेख्छिन् – ‘हेटर्सले यो एङ्गलको कमाल हो भन्नेछन्’