भोलि फाल्गुन १ गतेको राशिफल : १२ राशि मध्ये कुन राशिलाई शुभ, कुन राशिलाई अशुभ छ भोलिको दिन ?

फाल्गुन १ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – आइतवार ।।। नक्षत्र – आर्द्रा , ९:३३ बजे उप्रान्त पुनर्वशु ।।। तिथि – द्वादशी , १८:२६ बजे उप्रान्त त्रयोदशी ।।। करण – वालव १८:२६ बजेदेखि कौलव , ३१:२२ बजे उप्रान्त गर ।।। योग – प्रीति , २१:३३ बजे उप्रान्त आयुष्मान् ।।। फागुन ०१, २०७८, आइतवार ।।। 13 February, 2022 ।।। द्वादशी, माघ शुक्लपक्ष  ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:४५ ।।। सूर्यास्त(sunrise) – १७:५२ ।।। कार्यक्रमहरू : वटुमाघयात्रा, भीष्म द्वादशी, फाल्गुण संक्रान्ति ।।। शुभ साइत : रुद्री गर्ने साइत  ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

बढी परिश्रम गर्नुपर्ने समय छ । परिश्रमकै कारण काम बन्न सक्नेछन् । गर्नुपर्ने काम समयमै सम्पन्न गर्नुहोस् । शिक्षाको क्षेत्रमा राम्रै सुधार होला । व्यापार व्यवसायतिर भने मध्यम प्रगतिमात्र देखिन्छ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

खर्च घट्ने समय छैन । सानातिना विवाद परिरहनेछन् । सोचेकोजति सहयोग मित्रबाट मिल्लाजस्तो छैन । खर्चको मात्रा घट्ने देखिन्न । हातले समातेका इलमले सामान्य लाभमात्र होला । स्वास्थ्यस्थिति मध्यमखालको छ । गणेशको आराधना गरिरहनुहोस् ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्ला । बिस्तारै स्वस्थता प्राप्त भई काम गर्ने जोश बढ्ला । बाधा दिने प्रशस्त छन् । तिनीहरूसँग मुकाबिला गर्दागर्दै निकै समय बित्नेछ । मुद्दामामिलामा पूर्ण रूपमा विजय होलाजस्तो देखिन्न । व्यापार व्यवसायले भने गतिलो सहयोग देला ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दिनलाई राम्रै रूपमा लिन सकिन्छ । पेटमा गडबडी हुन सक्छ। दिन त्यति नराम्राखालको छैन् । मनको चिन्तालाई हटाउन बङ्गलामुखी स्तोत्रको पाठ गर्नुहोस् । व्यापारसम्बन्धी कामले मनग्गै आर्थिक लाभ देला ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

दिनलाई राम्रो रूपमा लिन सकिन्छ । काम गर्ने जोश त कति पनि घट्ने छैन र त्यसैको परिणामस्वरूप काममा निकै सफलता पाइनेछ । पढ्नतिर रुचि बढ्ला भने केही नयाँ ज्ञानको प्राप्तिसमेत हुनेछ । परिवारबाट पाइने सहयोग मिलिरहला ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

दिन राम्रोखालको छ । भोजभतेर पर्नुको साथै इष्टमित्रसँग भेटघाट भइरहला । आर्थिक स्थिति राम्रोखालको रहनेछ । खर्च बढे पनि त्यसलाई भ्याउन सक्ने आर्जन हुनाले त्यस्तो चिन्ता पर्ने देखिन्न । व्यापारसम्बन्धी काममा गतिलो सफलता मिल्ला ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मध्यम खालको दिन छ । आधा काम बन्लान् भने आधा बाँकी नै रहनेछन् । शिक्षाको क्षेत्रमा राम्रो प्रगति गर्नुहुनेछ । व्यापार व्यवसायबाट भने मध्यमखाले लाभ मात्र देखिन्छ । शनिश्चरको सेवा नगरीकन आफ्नो हाकिमलाई खुसी पार्न सक्नुहुन्न ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

राम्रै खालको दिन छ । समस्या परे समाधान गर्न सक्नुहुन्छ । हाललाई तपाईंको रुचि जागिरतिर त्यति देखिन्न । प्राविधिकखाले काममा समेत सानातिना बाधा आउन सक्छन् । पारिवारिक सन्तोष कममात्र छ । इन्द्राणीको दर्शन गरिरहनुहोस् ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

गतिला काम बन्न सक्छन् । खासगरी शैक्षिक क्षेत्रमा मनग्गै प्रगति गर्नुहुनेछ । जागिरदारका लागि पनि हाल समय नराम्रो देखिन्न । व्यापारीले फाइदा नै गर्नेछन् । परिवारमा मेल रहला भने सन्तानको गतिविधिले पनि राम्रै सन्तोष दिनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

दिनलाई राम्रो रूपमा लिन सकिन्छ । धार्मिक वा असलखाले काम गर्न मनको प्रवृत्ति जाला भने गरेका काम पनि बन्नेछन् । आर्थिक स्थिति राम्रैखालको रहला । सामान्य व्यापारभन्दा प्राविधिकखाले व्यवसायबाट फाइदा हुनेछ । नोकरीको मात्रै भर नपर्नुहोस् ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

दिन त्यति राम्रो छैन् र बढी सतर्क हुनुमा कल्याण छ । सानोतिनो चोटपटक समेत लाग्न सक्छ । चाहेर पनि पढाइमा पूरा समय दिन सक्नुहुन्न । हाललाई मनको प्रवृत्ति स्थिर धारातिर जाने छैन । व्यापारको कामले भने राम्रै टेवा देला ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मध्यमखालले दिन बित्ला । खर्च प्रशस्त हुनेछ । मित्रहरूको सहयोगले त्यो खर्चलाई पूरा गर्न सक्ने देखिन्छ । पढाइमा त्यति समय जाने छैन । लेख्ने काममा भने निकै परिश्रम होला । बिहानै हनुमानको र गणेशको दर्शन गर्नुहोस् ।

प्रकाशित : शनिबार, माघ २९, २०७८२०:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज फाल्गुन १ गतेको राशिफल : राशिअनुसार शुभ-अशुभ कस्तो रहला तपाईको दिन ?