स्वार्थको लागि यी कलाकारले धोका दिए फ्यान्सलाई, त्यसपश्चात बर्बादीतिर लाग्यो करियर

एजेन्सी : भारतीय टेलिभिजन क्षेत्रका लोकप्रिय स्टार्स आफ्नो व्यावसायिक जीवनसँगसँगै व्यक्तिगत जीवनको पनि उत्तिकै ख्याल राख्छन्। कतिपय स्टार्सले आफ्नो व्यक्तिगत जीवनमा अलिकति उतारचढाव आउनेबित्तिकै आफ्नो शोलाई अलविदा भनेका पनि छन्। तिनले आफ्नो लोकप्रिय शो छोड्न दोहोरो सोचेनन्, फ्याट्टै छोडिहाले। अक्षय खरोदिया, पूजा बनर्जी, कपिल शर्मा, शमिता शेट्टी, दिशा वकानी, शिखा सिंह र सौम्या टन्डन जस्ता स्टार्सको नाम यो सूचीमा समावेश छ, जसले आफ्नो व्यक्तिगत जीवन सन्तुलित पार्न फ्यान्सलाई धोका दिए।

अक्षय खरोदिया (Akshay Kharodia) : –

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिरियल पान्ड्या स्टोरमा देखिएका अभिनेता अक्षय खरोदिया पिता बन्न लागेका छन्। यहीँ कारण उनले सिरियल पान्ड्या स्टोर छोड्ने फैसला गरेका छन्। उनी आफ्नो परिवार र बच्चालाई पूरा समय दिन चाहन्छन्।

पूजा बनर्जी (Puja Banerjee) : –

पूजा बनर्जीले लकडाउनका बेला आफू गर्भवती भएको घोषणा गरेकी थिईन्। यससँगै पूजा बनर्जीले आफ्नो सिरियल ‘जग जननी मां वैष्णों देवी’ लाई बीचैमा छोडेकी थिइन्।

कपिल शर्मा (Kapil Sharma) : –


कपिल शर्मा २ सन्तानका पिता बनिसकेका छन्। उनले आफ्नो पत्नी जब-जब गर्भवती भएकी थिईन् तब तब शोबाट ब्रेक लिने गरेका थिए।

शमिता शेट्टी (Shamita Shetty) : –

बिग बोस १५ मा आउनुअघि शमिता शेट्टी सिजन ३ मा पनि देखा परेकी थिइन् । शमिता शेट्टीले आफ्नी दिदी शिल्पा शेट्टीको विवाहमा सहभागी हुनको निम्ति बिग बोसलाई लात मारेकी थिईन्।

दिशा वकानी (Disha Vakani) : –

‘तारक मेहता का उल्टा चश्मा’ सिरियलमा देखिएकी अभिनेत्री दिशा वकानीले पनि आफ्नो व्यक्तिगत जीवनका कारण शो छोडेकी थिईन्। दिशा वकानी आमा बनेदेखि शोमा देखा परेकी छैनन्।

शिखा सिंह (Shikha Singh) : –

गर्भवती भएपछि शिखा सिंहले सिरियल ‘कुमकुम भाग्य’ लाई ढिलो नगरी बिदाइ गरिन्।  काम छोडेर शिखा सिंह आफ्नो व्यक्तिगत जीवनमा समय दिन चाहन्थिन्। आजकल शिखा सिंह आफ्नो बच्चाको हेरचाहमा व्यस्त छिन्।

सौम्या टन्डन(Saumya Tandon) : –

गत वर्ष सौम्या टण्डनले पनि सिरियल ‘भाभी जी घर पर है’ लाई अलविदा गरेकी थिईन्। सौम्या टण्डनले आफ्नो पर्सनल लाइफको कारण शो छोडेको दाबी गरेकी थिईन्। मिडिया रिपोर्ट्स अनुसार पारिश्रमिकको विषयमा मतभेद हुँदा सौम्याले शो छोडेको कतिपयको अनुमान छ।

प्रकाशित : शनिबार, माघ २९, २०७८१८:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३ बलिउड जोडी जो बुढा-बुढी भन्दा ज्यादा आमा-छोरा जस्ता देखिन्छन्, छ ठुलो उमेरान्तर