आज माघ मसान्तको राशिफल : महिनाको अन्तिम दिन तपाईको लागि शुभ-अशुभ कस्तो रहला ?

माघ २९ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – शनिवार ।।। नक्षत्र – मृगशिरा , ६:५९ बजे उप्रान्त आर्द्रा ।।। तिथि – एकादशी , १६:२३ बजे उप्रान्त द्वादशी ।।। करण – भद्रा १६:२३ बजेदेखि वव , २९:२६ बजे उप्रान्त कौलव ।।। योग – विष्कम्भ , २१:०७ बजे उप्रान्त प्रीति।।। माघ २९, २०७८, शनिवार ।।। 12 February, 2022 ।।। एकादशी, माघ शुक्लपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:४६ ।।। सूर्यास्त(sunrise) – १७:५२ ।।। कार्यक्रमहरू : भीमा एकादशी व्रत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

उत्साहप्रद समय छ । काम गर्नतिर अति जाँगर लाग्ला भने गरेका काम सफल पनि हुनेछन्। मनमा अलिकति शङ्का र भय भए पनि त्यसले खास असर पार्ने छैन। मद्दत दिनेखालका मित्र भेट्टाउनुहुनेछ । गतिलो र लाभप्रद कामसमेत हातमा पर्न सक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

खर्च त बढ्ला तर कामै नहुने समय भने छैन । स्वास्थ्यमा केही सुधार भएर नै आउला । मद्दत दिने मित्रहरू निकै हुनेछन् । ज्यादै खस्किएको आर्थिक स्थिति छैन । आन्तरिक व्यापारभन्दा बाह्य व्यापारले साथ देला। गणेशको आराधना भने गरिरहनुहोस् ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दिन राम्रोखालको छ । उत्सव एवम् भोजभतेर पर्नेछन् । मित्रहरूसँग भेटघाट भइरहला । केही गतिलो सल्लाहसमेत पाउनुहुनेछ । निराशा क्रमशः घटेर जानेछ । व्यापार व्यवसायको कामबाट मनग्गै फाइदा हुन सक्छ । धार्मिक आस्थासमेत बढ्ला ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दिन त्यति राम्रो छैन् । आकस्मिक रूपमा खर्च बढेर मनमा चिन्ता परिरहला। मद्दत दिनेको सङ्ख्या साह्रै सीमित छ। पढाइ र लेखाइमा समेत बाधा व्यवधान आउला । बेलुकीदेखि स्थितिमा सुधार हुनेछ । गणेश र देवीको दर्शन गरिरहनुहोस् ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

खर्च बढे पनि आयस्रोत पनि बढ्न सक्छ। शिक्षाको क्षेत्रमा भएको बाधा क्रमशः घटेर जाला। मित्र सहयोग भने त्यति मिल्ने देखिन्न। आफ्नै प्रयासले मात्र सबै काम भ्याउनुपर्नेछ। व्यापार व्यवसायको काममा हाल हानि हुने देखिन्न। देवीको आराधना भने गरिरहनुहोला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मिश्रित फल दिने दिन छ । कूटनीतिक प्रतिभा त्यति देखिँदैन । आफ्नै परिश्रमले मात्र धेरै काम गर्नुपर्नेछ । परिवारका सदस्यहरू बिरामी हुन पनि सक्छन् । स्वास्थ्यबारे बढी सतर्क हुनुहोस् । जागिरको मात्रै भर परेर समस्या समाधान गर्न गाह्रो छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दिन राम्रोखालको छ । असल काम गर्नेतिर मनको प्रवृति जाला। गरेका काम सफल पनि हुनेछन्। आर्थिक स्थिति नराम्रो खालको छैन । यात्रा हुने सम्भावना छ । पारिवारिक स्वास्थ्य एवम् यात्राको प्रसङ्गमा खर्च भइरहला । शिक्षाको क्षेत्रमा राम्रो प्रगति गर्नुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दिन त्यति राम्रो छैन् । गरेका काममा विघ्नबाधा पर्नुका साथै सानोतिनो चोटपटकसमेत लाग्न सक्छ। परिवारमा कचिङ्गल परिरहला । हातले समातेको व्यवसायमा समेत बाधा दिने धेरै हुनेछन् । तपाईंलाई विशेष टेवा भने ग्रहराज सूर्यबाटै हुनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मध्यमखालको दिन छ । केही काम बन्लान् भने केही बाँकी नै रहनेछन् । बौद्धिक स्थिति प्रबल भएर आएकाले सामुन्ने आएका समस्यालाई टार्न सक्षम नै हुनुहुनेछ । शिक्षाको सम्बन्धमा गतिलो प्रगति हुन सक्छ । परिवारबाट सहयोग नै मिलिरहला ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सामान्य खालको दिन छ । केही काम बन्लान् भने केही बाँकी नै रहनेछन् । गरेका काम सफल पनि हुनेछन्। केही गतिलो सल्लाहसमेत पाउनुहुनेछ । शिक्षाको क्षेत्रमा भएको बाधा क्रमशः घटेर जाला। मित्र सहयोग भने त्यति मिल्ने देखिन्न।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कत्ति पनि धैर्य नटुटीकन कर्मक्षेत्रमा अगाडि बढिएला । व्यवसायको काममा प्रशस्त मिहिनेत थपिएला भने फाइदा पनि त्यतैबाट छ । शिक्षाको क्षेत्रमा हाल मध्यम प्रगतिमात्र देखिन्छ । बाधा दिनेहरू सशक्त भएकाले खर्चको स्तर भने घट्लाजस्तो छैन ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

स्वास्थ्यसम्बन्धी बाधा आएर चिन्ता परिरहला । बेलुकीदेखि मात्र स्वास्थ्य सुध्रन सक्छ । खर्च घट्नेक्रममा छैन । त्यसैले मनमा चिन्ता परिरहनेछ ।  बङ्गलामुखी र गणेश दुवैको सेवा गर्नुपर्ने देखिन्छ । परिवार एवम् मित्रबाट भने गतिलै मद्दत पाइने स्थिति छ ।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८२०:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशिफल : फागुन ६ गतेसम्मको समय १२ राशिलाई शुभ-अशुभ कस्तो रहला ?