भोलि जया एकादशीको दिन बनिरहेको छ विशेष संयोग, जान्नुहोस् के गर्नु हुन्छ-हुँदैन !

माघ महिनाको शुल्क पक्षको एकादशीलाई जय एकादशी भनिन्छ । जय एकादशी व्रतमा भगवान विष्णुको पूजा गरिन्छ । यस पटक जय एकादशी व्रत माघ २९ गते शनिबार परेको छ । ज्योतिषशास्त्रका अनुसार यस पटक जय एकादशीका दिन विशेष संयोग बनिरहेको छ । जान्नुहोस् जय एकादशीमा बसिने व्रत र पूजा विधि….

ज्योतिष शास्त्रका अनुसार यस पटक जय एकादशी व्रतको दिन विशेष संयोग बनिरहेको छ । यस पटकको एकादशी तिथिमा मकर राशिमा बुद्धादित्य योग बन्नेछ। साथै चन्द्रमा र मंगलको दृष्टि सम्बन्धमा महालक्ष्मी योग बन्नेछ । यस बाहेक शनि आफ्नो राशिमा रहने कारणले शश योग बन्नेछ । साथै चन्द्रमा र बृहस्पतिको दृष्टि पनि शुभ रहनेछ ।

जय एकादशीको व्रतमा रक पटक मात्र फलाहार गर्ने गरिन्छ । यस व्रतको दिन अन्न, रातो खुर्सानी, नुन र मसलाको सेवन गर्नु शुभ मानिँदैन । एकादशी व्रतमा सिंहरे र गहुँको पिठो, खुवाबाट बनेको मिठाई, दूध-दही, फलफूल आदि सेवन गर्न सकिन्छ। द्वादशीको दिन चामल, पीठो, दाल, नुन, घिउ र केही पैसा दान गर्नु शुभ मानिन्छ ।

यस दिन पहेँलो वस्त्रको धारण गर्नु शुभ मानिन्छ । यस दिन भगवान विष्णुको पूजामा पञ्चामृत र तुलसीको पातको प्रयोग गर्नुहोस्। साथै यस घरमा कोही भिक्षु माग्न आएमा श्रद्धापूर्वक दान गर्नुहोस् । व्रतको समयमा दान गर्दा पुण्य प्राप्त हुन्छ। अर्कोतर्फ जय एकादशी व्रतको दिन फूल, पाती आदि टिप्नु हुँदैन । यस दिन कपाल, दाह्री र नङ काट्नु शुभ मानिँदैन गरिएको छ।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साथीको रुपमा शत्रु जस्ता हुन्छन् यी राशि भएका मानिस, कुन-कुन हुन् ?