काठमाडौँ : सूर्यलाई पृथ्वीमा जीवनको लागि ऊर्जाको सबैभन्दा महत्त्वपूर्ण स्रोत मानिन्छ। वैदिक ज्योतिषका अनुसार सूर्यको राशि सिंह राशि हो। तुला राशिमा सूर्य नीच हुन्छ भने मेष राशिमा उच्च मानिन्छ। सूर्य ग्रहलाई व्यक्तिको जीवनमा पिता, आत्मविश्वास र अधिकारको प्रतीक मानिन्छ। जब सूर्य तर्क र बुद्धिको ग्रह बुधसँग जोडिन्छ तब बुध आदित्य योग निर्माण हुन्छ। अहिले सूर्य देव मकर राशिमा छन्, जुन भोलि फागुन १ गते आफ्नो पुत्र शनिको स्वामित्व रहेको कुम्भ राशिमा प्रवेश गर्नेछन्।
देवगुरु बृहस्पति पहिल्यैदेखि कुम्भ राशिमा छन्। बृहस्पति सूर्यदेव कुम्भ राशिमा आगमन भएपछि सोही दिन अस्ताउनेछ। कुम्भ राशिमा सूर्य देवको चालको असरले सबै राशिहरुलाई प्रभावित पार्नेछ। यस समयावधिमा ५ राशि कर्कट, सिंह, वृश्चिक, मकर र कुम्भ राशिका जातकलाई सावधानी अपनाउन सुझाव दिईन्छ। तपाईको राशिलाई सूर्यको यो गोचरले कस्तो प्रभाव पार्ला ? हेर्नुस्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
यो समयावधिमा तपाईले आफू भित्र लुकेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने अवसर पाउनुहुनेछ। पेशागत रुपमा तपाईले आफ्नो व्यवसाय र जागिर इमान्दारितापूर्वक भूमिका निभाउनुहुनेछ। आर्थिक रुपमा यो गोचरको अवधि तपाईको लागि शानदार रहनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
यो समयावधिमा तपाईले आफ्नो जीवनमा धेरै सुधार गर्ने र जीवन चम्काउने अवसर पाउनुहुनेछ। यो अवधिमा तपाईले आफ्नो कार्यक्षेत्रमा पूर्ण अधिकार प्राप्त गर्नुहुनेछ। साथै तपाईको पहिचान र प्रतिष्ठामा वृद्धि हुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यो अवधिमा तपाईले आफ्नो व्यवसायमा राम्रो प्रदर्शन एवं राम्रो मुनाफा कमाउनमा सक्षम रहनुहुनेछ। यदि तपाई रोजगारी गर्नुहुन्छ भने तपाईले नयाँ परियोजनाहरु सफलतापूर्वक सम्हाल्न सक्नुहुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
तपाईले यस अवधिमा केही वित्तीय समस्याहरुको सामना गर्नुपर्नेछ। साथै यो अवधिमा तपाईको बहुमूल्य सामान हराउन सक्छ। अनावश्यक झैँ-झमेलाहरुबाट टाढै रहनुहोला।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
तपाईले यो समयमा आफ्नो व्यवसाय र करियरमा केही समस्याहरुको सामना गर्नुपर्नेछ। तपाईले सोचेजस्तो तपाईको व्यवसाय सफल हुनेछैन्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
यो समयमा तपाई शत्रुमाथि हाबी हुनुहुनेछ। सरकारी जागिरेले यो अवधिमा मनग्यै लाभ हासिल गर्नेछन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
विगतमा कतै लगानी गर्नुभएको छ भने त्यसको शुभ फल प्राप्त हुनेछ। करियरको दृष्टिकोणले यो अवधिमा तपाईले कैयन् अवसरहरु प्राप्त गर्नुहुनेछ। साथसाथै आफ्नो चतुराई र बौद्धिकतामा वृद्धि भएको पाउनुहुनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
यस अवधिमा तपाईको जीवनमा केही घरेलु समस्या आउने सम्भावना छ। साथै यो अवधिमा तपाईले आफ्नो व्यावसायिक र व्यक्तिगत जीवन बीच सन्तुलन कायम गर्न असफल हुनुहुनेछ। यस अवधिमा तपाईले भावनात्मक चुनौतीहरूको सामना गर्नुपर्नेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
तपाईले आफ्ना सबै योजनाहरु अत्यन्तै प्रभावकारी एवं कुशलतापूर्वक ढङ्गले कार्यान्वयन गर्नुहुनेछ। भाग्य र आध्यात्मिकताको नवौँ भावमा सूर्यको दृष्टिले तपाईको भाग्यलाई मजबूत बनाउँछ। तपाईले आफ्नो करियरमा गतिलै सफलता हात पार्नुहुनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
यो अवधि आर्थिक पक्षको हिसाबले खासै अनुकूल रहनेदेखिन्न। तपाईले लगानीबाट सोचेजस्तो मुनाफा पाउनुहुनेछैन। आर्थिक मामिलाको कारण परिवारका सदस्यहरुबीच विवाद हुन् सक्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका जातकहरुले कुनै पनि ठूला निर्णयहरु नलिनुहोला। यो अवधिमा बृहस्पति अस्त हुने कारण तपाईले जुन राय दिनुहुनेछ त्यो एकतर्फी हुनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
आर्थिक रुपमा समय अनुकूल रहनेछ। यद्यपि यस अवधिमा तपाईले केही अनियोजित खर्चको सामना गर्नुपर्नेछ। यसकारण पहिल्यैदेखि धन सञ्चित गर्नुहोला।