भोलि अचला सप्तमी : गल्तीवश पनि नगर्नुस् यी काम, कहिल्यै हुँदैन सुख-समृद्धि र सफलता प्राप्ति

काठमाडौँ : अचला सप्तमी या रथ सप्तमीलाई हिन्दू धर्ममा विशेष तिथि मानिन्छ। यस दिन सूर्यदेव आफ्नो ७ वटा घोडाले सुसज्जित आफ्नो रथलाई उत्तर-पूर्व दिशामा उत्तरी गोलार्धतर्फ घुमाउँदछन्। यो दिनलाई सूर्यको जन्मतिथि पनि मानिन्छ। यो वर्ष रथ सप्‍तमी भोलि यानी कि माघ २५ गते मङ्गलबार परेको छ। सुख,समृद्धि,सफलता र सुस्वास्थ्यको कामना गर्दै यस दिन सूर्यदेवको पूजा आराधना गरिन्छ । यस दिन सूर्यको आराधना गर्नुका साथै सूर्य देवतालाई क्रोधित बनाउने काम गर्नबाट बच्नुपर्छ।

अचला सप्तमीको दिन नगर्नुहोस् यस्ता काम

हरेक देवी-देवताको कृपा पाउनको लागि व्यक्ति शान्त हुन् आवश्यक छ। यस दिन कसैलाई अपशब्द नबोल्नुहोला र कसैसँग झगडा नगर्नुहोला। घरमा शान्त माहोल कायम राख्नुहोला। रथ सप्तमीको दिन नुन सेवन नगर्नुहोला।

भुलेर पनि मादक पदार्थ सेवन नगर्नुहोला र तामसिक भोजन पनि नगर्नुहोला। यस दिन ब्रह्मचर्य पालन गर्नुहोला। कुनै पनि गरिब र असहायलाई आफ्नो घरबाट खाली हात नफर्काउनुहोला। आफ्नो क्षमता अनुसार केही न केही दान गर्नुहोला।

रथ सप्तमी गर्नुस् यी काम 

रथ सप्तमीको दिन बिहान सबेरै उठेर स्नान गर्नुहोला। नुहाउने पानीमा पवित्र नदीको पानी मिलाउनुहोस्। तामाको भाँडोबाट सूर्यलाई अर्घ्य दिनुहोस्। सूर्यदेवको पूजा गरी रथ सप्तमी व्रत कथा श्रवन गर्नुहोला। यस अवधिमा सूर्यदेवको मूर्ति वा तस्बिरको अगाडि दीप अवश्य बाल्नुहोस्। यसबाट तपाईको कुण्डलीमा सूर्य मजबूत हुनुका साथै तपाईलाई शुभ फल दिनेछ।

पूजा सामग्री, कपडा, भोजन, पैसा दान गर्नुहोस्।

प्रकाशित : सोमबार, माघ २४, २०७८२०:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि माघ २५ गतेको राशिफल : तुला, धन र मीनलाई खासै राम्रो छैन भोलिको दिन, तपाईको लागि शुभ-अशुभ कस्तो रहला ?