ज्योतिष शास्त्रका अनुसार मानिसको भविष्य उसको जन्मसँगै तय भइसकेको हुन्छ । साथै व्यक्तिको जन्म समय अनुसार नै उसको राशि तय गरिने गरिन्छ । राशिले व्यक्तिको व्यक्तित्व, जीवनशैली र धेरै महत्त्वपूर्ण कुराहरू निर्धारण गर्दछ । ज्योतिष शास्त्रमा यस्ता ४ वटा राशिको बारेमा उल्लेख गरिएको छ, जसका कारण यी राशि भएका व्यक्तिले जीवनभर माता लक्ष्मीको आशीर्वाद पाउँछन् ।
वृष राशि
वृष राशि भएका व्यक्तिहरुलाई धेरै बुद्धिमानी मानिन्छ । कामप्रति गम्भीर र भावुक हुन्छन् । कुनै पनि काममा छिटो हार मान्दैनन् । जुन काम पूरा गर्ने निर्णय लिन्छन् त्यसलाई आफ्नो सम्पूर्ण बल लगाएर पूर्ण गर्छन् । जसका कारण यस राशि भएका मानिसमा लक्ष्मीको विशेष कृपा हुन्छ ।
कर्कट राशि
यस राशिका मानिसहरु धेरै इमानदार, बुद्धिमान र मेहनती हुन्छन्। यस राशिका मानिसहरुलाई आफ्नो तीक्ष्ण बुद्धिले सबैभन्दा कठिन कामलाई पनि सहज बनाउँछन् । पैसा कमाउनको लागि जस्तो सुकै परिश्रम गर्न पनि पछि पर्दैनन् । यसका साथै यस राशिका व्यक्तिले थोरै-थोरै जोडेर भए पनि आफ्नो सपना साकार गर्छन् । जसका कारण उनीहरुले आर्थिक समस्या झेल्नु पर्दैन । आफू रहेको क्षेत्रमा आफ्नो पहिचान बनाउँछन् ।
सिंह राशि
सिंह राशिका मानिसहरुमा हरेक कुरामा जित्ने जोश हुन्छ । यस्तो स्वभावका कारण यो राशिका मानिसहरु छिट्टै हार मान्दैनन् । मिहिनेत र बुद्धिको प्रयोगले धनको मामिलामा सफलता प्राप्त गर्दछन् । यसका साथै यस राशिका मानिसले जीवनमा धेरै धन र प्रतिष्ठा कमाउँछन्। यस राशिमा धनकी देवी सधैँ प्रसन्न हुन्छिन्।
मकर राशि
मकर राशिका मानिसहरु मेहनती र बुद्धिमान हुन्छन् । कुनै पनि काममा छिटो हार मान्दैनन् । यसका साथै यस राशिका मानिसलाई भाग्यको साथ पनि मिल्छ । यसका साथै यस राशिका मानिसले गरेका कममा पूर्ण फल प्राप्त गर्दछन् । यति मात्र नभई माता लक्ष्मी यस राशिका मानिस प्रति प्रसन्न हुन्छन् ।