नायक अनमोल केसीको साथमा फिल्म ‘ड्रिम्स’ बाट नेपाली चलचित्र जगतमा प्रवेश गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समयमा कुनै फिल्म भन्दा पनि अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर तथा भिडियो साथै विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् ।
पछिल्लो समयमा अभिनेत्री साम्राज्ञी फिल्म ‘ह्यारीकी प्यारी’ को छायांकनमा व्यस्त छिन् ।
यति बेला फिल्म छायांकनमा व्यस्त अभिनेत्रीले सुटिंग स्थलबाट केही तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्वीरमा मानिस हरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।
जानकारी अनुसार फिल्म ‘ह्यारीकी प्यारी’ मा अभिनेत्रीको साथमा हाँस्य कलाकार जितु नेपाल देखिने छन् ।
चलचित्र छायांकनको क्रमका केही तस्वीर हस्या कलाकार जितु नेपालले पनि सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।