काठमाडौँ : वसन्त पञ्चमीको पूर्वसन्ध्यामा मकर राशिमा बौद्धिकताको कारक ग्रह बुध मार्गी भएको छ। ज्योतिष शास्त्र बुध देवलाई विशेष महत्व दिइएको छ किनकी बुध बुद्धि, संवाद, तर्क, चातुर्य, गणित र मित्रताको कारक ग्रह हो। बुधको यो परिवर्तनका कारण कतिपय राशिका मानिसहरुको भाग्योदय हुनेछ। बुध मार्गी हुँदा कुन राशिको लागि लाभदायी साबित हुन्छ त ? हेर्नुस्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका लागि बुधको मार्गी हुनु कुनै वरदान भन्दा कम हुनेछैन। यस अवधिमा दाम्पत्य जीवन सुखमय रहनेछ। प्रायः सबै प्रकारका काममा सफलता मिल्नेछ। बुध गोचरको अवधिमा आर्थिक अवस्था राम्रो रहनेछ। साथीभाइको सहयोग मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका लागि यो समय निकै शुभ रहनेछ्ह। आत्मविश्वासमा सकारात्मक वृद्धि हुनेछ। नोकरी तथा व्यवसायमा धन लाभ हुनेछ। कार्यस्थलमा गरेका कामको प्रशंसा हुनेछ, जसको फलस्वरूप तलब वृद्दि हुन् सक्छ। बुध गोचरको अवधिमा धन प्राप्त हुनेछ। आर्थिक अभावबाट मुक्ति पाउनुहुनेछ। जीवनसाथीसँग रमाइलो पल बिताउनुहुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
बुध मार्गी धनु राशिका व्यक्तिहरुका लागि शुभ साबित हुनेछ। यो समय नोकरी-व्यवसायको लागि पनि लाभदायी छ। बुध-मार्गीको अवधिमा आर्थिक अवस्था राम्रो रहनेछ। यसबाहेक यो समय लगानीको लागि शुभ मान्न सकिन्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। धार्मिक कार्यमा भाग लिने अवसर पाउनुहुनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका लागि बुधको मार्गी वरदान साबित हुनेछ। व्यापार व्यावसायमा मनग्य लाभ हुने योग रहेको छ। करियरमा नयाँ उचाइ हासिल गर्नुहुनेछ। काममा पारिश्रमिक बढ्नेछ। जीवनसाथीसँग रमाइलो पल बिताउनुहुनेछ। जीवन सुखमय हुनेछ। व्यापार व्यवसायमा विशेष आर्थिक लाभको अवसर मिल्नेछ।