काठमाडौँ : ज्योतिषशास्त्रमा शुक्रलाई धनधान्यको कारक ग्रह मानिन्छ। कुण्डलीमा शुक्र शुभ हुँदा धनकी देवी माता लक्ष्मीको विशेष कृपा प्राप्त हुन्छ। अहिले शुक्र देव धनु राशिमा विराजमान छ र १६ दिनसम्म यहीँ स्थितिमा रहनेछ। त्यसपछि २७ फेब्रुअरीमा शुक्रदेव मकर राशिमा प्रवेश गर्नेछ। ज्योतिष शास्त्रमा शुक्रलाई भौतिक सुख, वैवाहिक जीवन, सौन्दर्य, प्रसिद्धि र रोमाञ्चकताको कारक मानिएको छ। साथै शुक्र वृष र तुला राशिको स्वामी ग्रह हो। शुक्रलाई मीन राशिमा उच्च मानिन्छ। आगामी १६ दिनसम्म कुन राशिमा माता लक्ष्मीको विशेष कृपा रहन्छ त ? हेर्नुस्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
आगामी १६ दिन मेष राशिका व्यक्तिहरुलाई वरदान समान हुनेछ। यस अवधिमा कार्यक्षेत्रमा उल्लेखनीय सफलता मिल्नेछ। साथै भाग्यले पनि पूर्ण साथ दिनेछ। सुखको साधन बढ्नेछ। धन लाभका साथ-साथै आर्थिक पक्ष पनि मजबूत हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
आउँदो २७ फेब्रुअरीसम्म धन प्राप्तिका प्रशस्त मार्गहरु बन्नेछन्। व्यापार व्यवसायमा आर्थिक अवस्था राम्रो रहनेछ। काममा सफलता मिल्नेछ। जागिरमा तलब बढ्ने सम्भावना देखिन्छ। यस बाहेक कार्यस्थलमा तपाईको कामको प्रशंसा हुनेछ। सुख समृद्धिसँगै सौभाग्य पनि बढ्नेछ। वैवाहिक जीवन सुखमय रहनेछ। परिवारका सदस्यहरुसंग रमाइलो पल बित्नेछ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
नोकरी तथा व्यवसायमा आर्थिक उन्नतिको प्रबल सम्भावना देखिन्छ। यस समयावधिमा आर्थिक स्थिति मजबूत हुनेछ र भाग्यले पूरा साथ दिनेछ। शुक्रको विशेष कृपाले दाम्पत्य जीवनमा सुख प्राप्ति हुनेछ। जागिर खोज्नेहरूले राम्रो अवसर प्राप्त गर्नेछन्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
शुक्र देवको कृपाले सिंह राशि हुनेहरुको जीवन सुखमय रहनेछ। आगामी १६ दिनसम्म व्यापार व्यावसायमा मनग्य लाभ हुनेछ। यस बाहेक नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ। आर्थिक प्रगति हुनेछ। वैवाहिक जीवन भरपूर आनन्द उठाउनुहुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आगामी १६ दिनसम्म आर्थिक अवस्था बलियो रहनेछ। व्यापार व्यावसायमा मनग्य धन लाभ हुने प्रबल योग रहेको छ। यस बाहेक काममा प्रगति हुनेछ। विद्यार्थीहरुका लागि यो समय वरदान समान साबित हुनेछ। नयाँ कामको लागि यो समय निकै शुभ रहेको छ। दाम्पत्य जीवनमा सुख मिल्नेछ।