आज माघ २१ गते शुक्रबारको राशिफल : पहिलेदेखि बाँकी रहेका काम बन्नेछन्, मनग्गे लाभ पाउनेछन् यी राशिले (जय गणेश)

माघ २१ गतेको पञ्चाङ्ग : –
।।। दिन – शुक्रवार ।।। नक्षत्र – पूर्वभाद्रपदा , १९:१२ बजे उप्रान्त उत्तरभाद्रपदा ।।। तिथि – तृतीया , ७:३५ बजे उप्रान्त चतुर्थी ।।। करण – गर ७:३५ बजेदेखि वणिज , १९:१७ बजे उप्रान्त वालव ।।। योग – शिव , २२:३० बजे उप्रान्त सिद्ध  ।।। माघ २१, २०७८, शुक्रवार ।।। 04 February, 2022 ।।। तृतीया, माघ शुक्लपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:५१ ।।। सूर्यास्त(sunrise) – १७:४५ ।।। कार्यक्रमहरू : तिलकुन्द चतुर्थी, विश्व क्यान्सर दिवस ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

खर्च बढ्ने बेला आएको छ । निकै खर्च होला । आर्थिक स्थितिमा केही सुधार आए पनि आत्मसन्तुष्टि हुने देखिन्न । व्यापारसम्बन्धी कामले तपाईंलाई टेवा देला । परिवारसमेत राम्रो मद्दत गर्नेखालका छन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

त्यति नराम्रो दिन होइन । पहिलेदेखि बाँकी रहेका निकै काम बन्नेछन् । मद्दत गर्नेको सङ्ख्या सीमित भए पनि आफ्नै आत्मबलले निकै काम गर्नुहुनेछ । पढाइ र लेखाइ दुवैतिर गति चलिरहला । प्राविधिक खाले कामबाट भने सामान्य लाभमात्र हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दिन राम्रोखालको छ । पहिलेका निराशा बिस्तारै घटेर जानेछन् र काम गर्ने उत्साह बढ्दै आउनेछ । मद्दत दिने मित्रसमेत यथेष्ट भेट्नुहोला । हातले समातेको व्यवसायले मनग्गे लाभ दिनेछ । खर्च घट्ने देखिन्न । विशेषगरी आउँदा दिनहरुमा बढी खर्च होला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दिनलाई निकै राम्रो रूपमा लिन सकिन्छ । असल काम गर्नतिर मनको प्रवृति गइरहला भने गरेका काम पनि राम्रैसित सम्पन्न हुनेछन् । शिक्षाको क्षेत्रमा समेत रुचि बढिरहेको छ । तपाईंको बोलीमा अरूहरूलाई प्रभाव पार्न सक्ने शक्ति छ । व्यवसायले समेत साथ देला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

दिन त्यति राम्रो छैन् । सोच्दै नसोचेका समस्या आएर चिन्ता बढाउला । त्यसैले बिहानै शिवजीको र महाँकालको दर्शन गर्नुहोस् । व्यापारसम्बन्धी कामले अलि–अलि भए पनि टेवा देला तर परिवारको पिरलो भने परिरहनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

दौडधुप निकै पर्नेछ तर त्यो अनुसारको फल प्राप्ति भने हुने छैन। थोरै उपलब्धिले नै चित्त बुझाउनुपर्नेछ । खर्चको मात्रा घट्ने क्रममा छैन । बिहानै उठेर नारायणको स्मरण गरेमा कठिनाइ हटी केही प्राप्तिसमेत हुन सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दिन राम्रो खालको छ । विपक्षीसँग मुकाबिला गर्दा तपाईंकै विजय हुनेछ । स्वास्थ्यको हिसाबले अलि चिन्ताकारक नै देखिन्छन् । त्यसैले बिहान भोजन गर्दा दहीको प्रयोग गर्नुहोस ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

खर्च घट्ने छैन तर त्यो खर्च राम्रै काममा जाला । त्यसैले पीर नमाने पनि हुन्छ । धार्मिक काम गर्न खोज्दा व्यवधान गर्न खोज्ने धेरै छन् । तैपनि तपाईंको कल्याणकारी प्रवृित्तमा ह्रास हुने छैन । पढाइमा समेत गतिशीलता नै छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

दिनको सुरुवातमा सामान्य स्वास्थ्यसम्बन्धी समस्या परेर खर्च होला । तर,  त्यसमा नियन्त्रण आउनेछ । सूर्यको आराधनाले मात्र त्यसमा केही सुधार होला । खासगरी दिनको पछिल्लो भाग फलिफाप दिने खालको छ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

अलि–अलि स्वास्थ्य बाधा भए पनि चिन्ता लिनुपर्ने समय छैन । हरेक समस्यासित जुध्न सक्ने सामर्थ्य छ । खर्चको मात्रा भने घट्ने छैन । जागिरबाट कम र हातले समातेका अरू सीपबाट बढी लाभ गर्न सक्नुहुनेछ । मित्रहरूको सहयोगले पनि तपाईंलाई प्रशस्त टेवा देला ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मनमा अलि–अलि डर लागिरहला । विशेषगरी बाधा दिने तŒवहरू बढिरहेका छन् । यिनीहरूसँग मुकाबिला गर्न गणेशको दर्शन नितान्त आवश्यक छ । परिवार र मित्रबाट सहयोग मिलिरहला ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दिनलाई राम्रो रूपमा लिन सकिन्छ । अज्ञात भयको छाँया देखिए पनि चिन्ता लिनुपर्दैन । आर्थिक स्थिति पहिलेको भन्दा बलियो होला । पुराना बाँकी रहेका कामसमेत आज बन्न सक्छन् । भोजभतेर र मित्र समागम प्रशस्त हुने देखिन्छ ।

प्रकाशित : बिहिबार, माघ २०, २०७८२०:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट सुरु हुनेछ यी ५ राशिको सुनौला दिन, १ महिनासम्म सुनझैँ चम्किनेछ भाग्य